काठमाडौं, ४ असोज । राजधानी काठमाडौंसहित सहर बजारमा दसैँको चटारोले छुँदै छ । दसैँलाई लक्षित गर्दै लत्ताकपडादेखि सवारीसाधनसम्म किन्नेको घुइँचो बढ्दो छ । तर, यही देशमा यस्तो पनि ठाउँ छ, जहाँ दसैँमा समेत चामलको भात खान नपाइने भयो भन्ने चिन्ता बढ्दो छ ।

दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण कर्णालीको हुम्लामा चामल पुग्न नसकेको आजको नयाँँ पत्रिकामा खबर छ ।

हुम्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरेको थियो । गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन भएको छैन ।

सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला पुगेको छ । करिब डेढ महिनाअघि दुई हजार क्विन्टल चामल पु(याइएको थियो भने हालसालै एक सय १७ क्विन्टल चामल हुम्ला पु(याइएको छ । तर, मागको तुलनामा यो निकै न्यून परिमाण हो । ढुवानी समस्याका कारण डेढ महिनाअघि जम्मा दुई हजार क्विन्टल चामल मात्र हुम्ला पुगेपछि ढुवानीमा सहजता ल्याउन नेपाली सेनाका ढुवानीसाधनको प्रयोग गर्ने निर्णय भएको थियो ।

दश हजार क्विन्टलमध्ये ६ सय क्विन्टल चामल तत्काल ढुवानी गर्न डेढ महिनाअघि नेपाली सेनालाई जिम्मा दिइएको थियो । सेनासँग ठूलो भार क्षमताका एमआई १७ जस्ता ठूला हेलिकोप्टर भएकाले टेन्डर नगरी उसैलाई ढुवानी गर्न दिने सहमति आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयबीच भएको थियो ।

तर, सो सहमतिपछि पनि जम्मा १ सय १७ क्विन्टल चामल मात्र हुम्लामा झरेको छ । ‘तत्काल राहतका लागि भनेर सेनाको हेलिकोप्टरबाट ६ सय क्विन्टल चामल हुम्लाको श्रीनगर र सार्केघाडमा लगेर वितरण गर्ने भनिए पनि अहिलेसम्म १ सय १७ क्विन्टल मात्र ल्याइपु(याइएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी डा। कृष्णबहादुर घिमिरेले नयाँ पत्रिकासँग भने, ‘अघिल्लो वर्षको भोकमरीपछि जनताले श्रमदान गरेका थिए । त्यसबापत बाँड्नुपर्ने चामल पटकपटक ताकेता गर्दा पनि ढुवानी हुन सकेको छैन, वितरण गर्न सकिएको छैन ।’ हुम्लामा चामलको व्यग्र प्रतीक्षा छ ।

कतिसम्म भने आकाशमा हेलिकोप्टर देखिए पनि चामल बोकेर आएको हो कि भन्ने आशामा हुम्लावासी हुन्छन् । तर, काठमाडौंमा रहेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराज रेग्मी समयमा ढुवानी हुनुपर्ने भए पनि के–कति कारणले रोकिएको हो भन्ने आफूले बुझ्न नपाएको बताउँछन् । सेनाका प्रवक्ता ताराबहादुर कार्की काठमाडौंदेखि सुर्खेतसम्म हेलिकोप्टर भाडाको विषय नमिलेको र वर्षायाम भएकाले समयमा ढुवानी हुन नसकेको बताउ“छन् ।

तर, हुम्लाका सांसद एवं पर्यटनमन्त्री जीवनबहादुर शाहीले राज्यले निर्देशन दिएपछि सेनाले काठमाडौंदेखि सुर्खेतसम्मको भाडा पहिले चाहिन्छ भनेर निहुँ खोज्न नहुने बताए । ‘सेनाको हेलिकोप्टर कुनै प्राइभेट एयरलाइन्सको होइन, उनीहरू अरूजस्तो व्यापार गर्ने संस्था पनि होइनन्,’ शाहीले नयाँ पत्रिकासँग भने, ‘राज्यको निकायले आदेश दिएपछि उनीहरूले तत्काल चामल पठाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah