अहिले हाम्रो सोसियल मिडिया मा उदाइरहेकी र यूट्युब मिडिया मा चलिरहेकी एक असल कलाकार अनी मोडेल हुन उरुशा पाण्डे। उनले अहिले सम्म धेरै गीतमा अभिनय अनी फोटोशूट गरिसकेकी छिन् उनी सग सवलनेपाल ले उरुशा पाण्डे सग गरेको मर्निङ टक:
बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ५ बजे उठ्छु।
उठेपछि के गर्नुहुन्छ ?
कलेज जान को लागि तयारी हुन्छु।
ब्रेकफाष्टमा के हुन्छ ?
कहिले अन्डा कहिले ब्रेड।
आज के गर्दै हुनुहुन्छ ?
फोटो शूट र भिडियो को काम छ।
फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फेसबूक चाँही म धेरै चलाउछु किनकी म आफुलाई यही सोसियल मिडिया बाट प्रमोट गरी राख्या छु।
अहिलेसम्म कतिलाई ब्लक गर्नु भयो ?
धेरै लाई गरे।
खाना बनाउन आउछ कि आउदैन ?
मलाई खाना बनाउन आउछ तर सबै परीकार बनाउन आउँदैन।
फुर्सदमा के गर्नुहुन्छ ?
डान्स गर्छु।
मिल्ने साथी कति छन् ?
मिल्ने साथी धेरै नै छन।
तपाईलाई मिठो लाग्ने कुरा के हो ?
सिम्पल खाना।
सपना कत्तिको देख्नुहुन्छ ?
अली अली देखी रहन्छु।
सबै भन्दा धेरै कस्लाई सम्झनु हुन्छ ?
घर मा हुँदा खासै सम्झिन्न घर भन्दा बाहिर हुँदा मोम लाई र मेरो घर को सिन्डी यानेकी मेरो डग।
प्रेम गर्ने हरुको लहर कत्तिको छ?
उमेर पुगेपछी मान पराउने त भई हाल्छन नि ।
विवहाँ कहिले ?
१५ वर्ष पछी।
तपाईंको विचार मा सेक्स के हो?
सेक्स भन्या बरदान र अभिसाप हो।
https://youtu.be/XyCibNXdsBM



