फ्रान्सका युवा खेलाडी कालियन एमबाप्पेले क्रोएशिया विरुद्धको विश्वकपको फाइनल खेलमा चौथो गोल गरेका छन् ।
उनी पेलेपछि विश्वकप फुटबलको फाइनलमा गोल गर्ने पहिलो टिनएजर बनेका छन् ।
१९ वर्षीय यी खेलाडीले विश्वकपमा गरेको यो चौथो गोल हो ।
यसअघि सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिलले स्विडेनलाई ५-२ ले हराउँदा १७ वर्षका पेलेले दुई गोल गरेका थिए ।
त्यसयता कुनै पनि टिनएजरले विश्वकपको फाइनलमा गोल गर्न सकेका छैनन् ।



