बीबीसी

फ्रान्सको फुटबल टीमका प्रशिक्षक डिडिए डेस्च्याम्प्स यस्ता तेस्रो व्यक्ति बनेका छन् जो सुरुमा खेलाडीको रुपमा र पछि प्रशिक्षको रुपमा विश्वकप विजेता समूहको हिस्सा बन्न सफल भएका छन् ।

डेस्च्याम्प्सले २० वर्ष अघि पेरिसमा कप्तानको रुपमा विश्वकपको ट्रफी उचालेका थिए र आइतबार मस्कोमा खेलिएको फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो तब प्रशिक्षको रुपमा उनले यसको दोस्रो मौका पाए ।

४९ वर्षका डेस्च्याम्पस ब्राजिलको मारियो जगालो र जर्मनीको फ्रान्ज बेकेनबावरको क्लबमा समावेश भएका छन् ।

दुर्लभ अवसरः

विश्वकप जित्ने कुनै टिमका खेलाडीले प्रशिक्षकको रुपमा च्याम्पिन टिमको हिस्सा बन्न पाएको यो दुर्लभ अवसर हो ।

उनी अघि मारियो जगालोले खेलाडी हुँदा नै दुईपटक ब्राजिलका लागि विश्वकप जिते । उनी सन् १९५८ र १९६२ को च्याम्पियन टिममा खेलाडी थिए र पछि सन् १९७० मा विश्वकप फाइनलमा जब ब्राजिलले इटालीलाई हरायो तब त्यतिबेला उनी ब्राजिलका प्रशिक्षक थिए ।

यस्तै, जर्मनीका फ्रान्ज बेकेनबावरले सन् १९७४ मा खेलाडीको रुपमा पश्चिमी जर्मनी विश्वकप जित्न मद्दत गरेका थिए र पुनः सन् १९९० मा फाइनलमा जब पश्चिमी जर्मनीले अर्जेन्टिनालाई १–० ले हराए, तब उनी उक्त टीमका म्यानेजर थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah