एजेन्सी । विश्वकप फुटबलको फाइनल खेल भइरहेका बेला मैदानमा प्रवेश गर्ने चार जनाले जेल सजाय पाउने भएका छन्।

मस्कोको एक अदालतले खेल विथोल्न मैदान प्रवेश गर्ने ४ जनालाई १५ दिनको जेल सजाय सुनाएको हो।

लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच फाइनल खेल चलिरहेका बेला प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश गर्दा खेल केही समय प्रभावित बनेको थियो।

मैदान प्रवेश गरेको केही समयपछि प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको थियो।

मैदानमा प्रवेश गर्ने व्यक्तिहरु पुस्सी रायट समूहका भेरोनिका निकुल्सिना, ओल्गा पाक्तुसोभा, ओल्गा कुराच्योवा तथा प्योट्र भर्जिलोव रहेका छन्। चारै जनालाई १५ दिनको जेलका साथै तीन वर्षसम्म सबै खेल समारोहमा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah