वासिंगटन । महिलाको पेटभित्र साढे २२ किलोलो ट्युमर ! सुन्दा अचम्म लागेपनि घटना भने सत्य हो।
अमेरिकाको अलबामा निवासी ३० वर्षीय काइला रायनको पेटबाट साढे २२ किलोको ट्युमर झिकिएको छ । काइला लामो समयदेखि पेट दुःख्ने समस्याबाट पीडित थिइन् । यसका साथै उनको तौल समेत छिटो छिटो बढ्दै थियो । उनी भन्छिन्, “पेट लगातार बढ्दै आइरहेको थियो । र यसले गर्दा सासफेर्न समस्या समेत आइरहेको थियो ।”
धेरै मानिसले उनी गर्भवती रहेको हुनसक्ने समेत बताए तर डाक्टरहरूले जाँच गरेपछि भने अवस्था अर्कै रहेको पाइयो । डाक्टरहरूले काइलाको पाठेघरभित्र फर्सीको आकारको ट्युमर रहेको कुरा पत्ता लगाए । साथै उनीहरूले समयमै अपरेसन नगरिए यसले अरु अङ्गमा समेत असर गर्ने बताए ।

पछिल्लो मे महिनामा उनको पेटबाट उक्त ट्युमर सफलतापूर्वक निकालिएको छ । काइलाका अनुसार उनको पेट बढ्दै जाँदा कतिपय मानिसले उनको पेटमा जुम्ल्याहा बच्चा हुनसक्ने अनुमान लगाउने गर्दथे । तर अलाबामाको ज्याक्सन अस्पतालका डाक्टरहरूले यो ‘म्यूकिनस सिस्टाडेनोमा’ रहेको पत्ता लगाए । यो अन्डाशयमा हुने एक प्रकारको ट्युमर हो । अपरेसनपछि काइलाको शरीरबाट ट्युमर हताइएको छ र यसले उनको तौल लगभग ३४ किलो घटेको छ ।
शल्यक्रियापछि आफूले निकै राहत महसुस गर्न थालेको काइलाले बताएकी छिन् । उनलाई शल्यक्रिया पहिले निकै डर लागिरहेको भएपनि उनीसँग यसको अरू विकल्प नरहेको काइला बताउँछिन् ।
एजेन्सी



