एक महिलाले आफ्ना श्रीमानलाई प्रेमीसँग मिलेर हत्या गरी आफ्नो कोठामै गाडेको खुलासा भएको छ । ती महिलाले पतिलाई मारेर गाडेपछि त्यहीँमाथि बेड राखेर त्यही बेडमा प्रेमीसँग सुत्न थालेकी थिइन् । भारतको गयाकी ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी महिलाले बताएका आधारमा प्रहरीले पतिको शव पनि निकालेको छ ।
यहाँका बारो तुरी नामका व्यक्तिको उनकी पत्नी जमुनी देवी र उनका प्रेमीले गरेका थिए । बासो तुरीका भतिजा महेन्द्र तुरीले प्रहरीमा किटान जाहेरी दिएका छन् । उनका अनुसार एक साताअघि उनका काका बासो तुरीको घरमा गाउँका केही व्यक्तिहरुको सँगै खाना खाने कार्यक्रम थियो । त्यही दिनदेखि बासो तुरी बेपत्तँ भएका थिए ।
जमुनी देवीले आफ्ना प्रेमीसँग मिलेर पतिको हत्या गरी घरकै कोठामा गाडेको र त्यहीँ सुत्न थालेको आरोप छ । लाश धेरै गहिरो गाडिएको थिएन त्यसैले केही दिनमै दुर्गन्ध फैलिन थाल्यो । पोल खुल्ने डरले जमुनी देवीले गाउँकी सरपंच देवंती देवीलाई घुस दिने लोभ देखाइन् तर सरपंचले यसको सूचना प्रहरीलाई दिइन् । जमुनी देवीलाई पक्राउ गरिएको र अन्य आरोपीलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



