काठमाडौं, ४ असोज ।अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला चर्चाको शिखरमा छन् । कार्की चर्चामा आउनुका दुई कारण छन् ।

एक सर्वोच्च अदालतले उनको नियुक्तिको विषमा परेको रिटमाथि गरेको पुनरावलोकन हो भने अर्को कारण उनी आफैं भएको दृष्टि साप्ताहिकमा खबर छ ।

सर्वोच्च अदालतले उनीविरुद्ध परेको रिटमाथि पुनरावलोकन गर्दै नियुक्तिको संवैधानिक हैसितमाथि प्रश्न उठाएकै दिन कार्कीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको मुद्दा चानबिन थाल्ने घोषणा गराए ।

र्काी तीन वर्षअघि माओवादीकै प्रस्तावमा अख्तियार प्रमुखमा नियुक्त भएका थिए । यतिबेलासम्म शिविरमा भएको भ्रष्टाचारमाथि छानबिन नगरी चुप बसेका कार्की सर्वोच्चले आफ्नो नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएर छानबिन अगाडि बढाएपछि कार्की चिन्तत छन् ।

कार्कीको आदेशमा अख्तियार प्रवक्ताले गत शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरी छानबिन सुरु भएको खुलासा गरेका थिए ।

त्यसअघि सोही दिन दिउँसो सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र सपना मल्ल प्रधानको इजलासले यसअघि सरकारले पठाएको जवाफ गैरजिम्मेवारपूर्ण भनी नियुक्तिको सक्कल फाइल सात दिनभित्र पठाउन चेतावनीयुक्त आदेश दिएको थियो ।

यसपछि आत्तिएका अख्तियार प्रमुख कार्की कसैलाई बाँकी नराख्ने मुडमा देखिएका छन् ।

कार्कीको निशानामा तत्काल माओवादीका नेताहरु देखिएपनि उनले कांग्रेस र एमालेका नेताहरुलाई पनि नछाड्ने मुडमा देखिएको अख्तियार स्रोतले बताएको छ ।

त्यसो त अख्तियार प्रमुख कार्कीले यसअघि नै एमाले र कांग्रेसका नेताहरुलाई अनुसन्धानको निम्ति भनेर बयानका लागि डाकेर १३ पाना फर्म भराइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah