प्रेमीसँग दोश्रो पटक यौन सम्पर्क गर्न नमान्दा प्रेमीकाको हत्या भएको छ। भारत बिहारको बगाहा स्थायी घर भइ पर्साको जगरनाथपुर गाउँपालिका ४ मा बस्दै आएका नर्सिङग चौधरीकी भतिजी १८ वर्षीया बनिताकुमारी चौधरीको उनकै प्रेमी जगरनाथपुर गाउँपालिका ४ का १९ वर्षीय प्रमेन्द्र चौधरीले हत्या गरेका हुन्। असार २८ गतेदेखि घरबाट हराएकी बनिताको शव जगरनाथपुर गाउँपालिका ४ सुहपुरस्थित गंगोली भन्ने भलुवाही खोलाको छेउमा असार ३१ गते भेटिएको थियो। यद्यपी हत्याको कारण भने ढिलामात्र खुलेको हो। प्रहरीका अनुसार बनिता र प्रमेन्द्रबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाइ भलुवाही खोलाको खरबारीमा बोलाएका थिए।

खरबारीमा प्रमेन्द्रलाई भेट्न पुगेकी बनिता र प्रमेन्द्रबीच पहिलो पटक यौन सम्पर्क भएपछि प्रमेन्द्रले फेरि दोश्रो पटक यौन सम्बन्ध राख्न खोज्दा बनिताले नमानेपछि प्रमेन्द्रले उनको घाटीमा सल बेरेर हत्या गरेका थिए। हत्यापछि प्रमेन्द्रले बनितको शव घिसारेर खोलाको किनारमा लगेर खाल्डो खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।प्रेमीका बनिताको हत्या गरेका प्रेमी प्रमेन्द्रलाई प्रहरीले पक्राउ गरिसकेको छ।

आफनै घरमा लुकेर बसेको अवस्थामा शनिबार प्रमेन्द्र पक्राउ परेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। पक्राउ परेका प्रमेन्द्रले बनिताको हत्या आफूले नै गरेको स्वीकार गरिसकेका छन्’, प्रहरी उपरीक्षक ढकालले भने, ‘अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah