एजेन्सी,११ साउन । डाक्टरको विश्वास नलागेर युट्युबमा भएको भिडियोमा देखाइएको बच्चा जन्माउने तरिका अपनाउँदा एक महिलाको ज्यान गएको छ । आफैले जोखिमयुक्त काम गरेपछि ती युवतीको मृतयु भएको हो । धेरै रगत बगेपछि उनको ज्यान गएको छ ।

ती महिलालाई केही परिचितहरुले यस्तो गर्ने सल्लाह दिएका थिए । उनको परिवारका सदस्यलाई पनि डाक्टरमाथि भरोसा थिएन । भारतको तमिलनाडुको तिरुपुरमा यस्तो अनौठो घटना भएको हो । क्रिथिगा नामकी २८ वर्षकी ती महिला विद्यालयमा शिक्षिका थिइन् ।क्रिथिगाले आफ्ना पनि कार्थिजेयानसँग मिलेर दोस्रो बच्चा घरमै जन्माउने तयारी गरेकी थिइन् ।

यसका लागि उनीहरुले युट्युबमा भिडियो हेरे । भिडियोमा गर्भवती महिलालाई बच्चा जन्माउन कसरी सहयोग गर्ने भन्नेबारे देखाइएको थियो । २२ जुलाइका दिन व्यथा लागेपछि उनीहरुले घरमै बच्चा जन्माउने तयारी गरे ।

 

युट्युब हेरेर बच्चा जन्माउने प्रयासमा महिलाको मृत्यु

लामो समयसम्म रक्तश्राव नरोकिएपछि दिउँसो २ बजेतिर स्थानीय अस्पताल लगियो तर त्यति बेलासम्म ढिलो भइसकेको थियो । महिलाको अस्पतालमै ज्यान गएको बताइएको छ । नवजात शिशुको अवस्थाबारे विस्तृत जानकारी आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah