काठमाडौं – भारतको एयर इन्डिया विमानको एक उडानमा मंगलवार यात्रुहरूले भावुक दृश्य देखे । मंगलवार बिहान बेंगलुरुबाट मुम्बई आएको विमानका कप्तान परेश नेरुरकरले एक सन्देश दिए जसले गर्दा अनेकौं यात्रुको आँखामा आँसु आयो ।

कप्तानले घोषणा गरे, ‘विमानका सबभन्दा वरिष्ठ एयर होस्टेस पूजा चिंचनाकर ३८ वर्षको सेवापछि आजैबाट सेवानिवृत्त हुनुभएको छ । उहाँको धरोहरलाई उहाँकी छोरी आश्रिताले अघि बढाउनुहुनेछ । आश्रिता अहिले यही उडानमा कोपाइलट रहेकी छन् ।’

विमानमा भएका यात्रीले ताली बजाएर पूजाको स्वागत गरे । मुम्बई विमानस्थलमा अवतरणको समयमा पनि पूजाले यात्रीहरूलाई मुस्कानका साथ बिदाइ गरिन् ।

पूजाले ३८ वर्षअघि एयर होस्टेसका रूपमा एयर इन्डिया प्रवेश गरेको र उनलाई त्यतिखेरदेखि नै महिला पाइलटले आकर्षित गर्ने बताइन् ।

आश्रिता भन्छिन्, ‘यात्रीहरू मलाई र मेरी आमालाई हेर्दै आमाछोरीको अनुहार मिल्छ भनिरहेका थिए । उनीहरूले आमालाई सेवानिवृत्तिपछिको जीवनका लागि बधाई दिए ।’

पूजाका लागि यो सम्पूर्ण घटना गर्व र खुशीको कुरा थियो । पूजा भन्छिन्, ‘सन् १९८० मा म एयर इन्डियामा प्रवेश गर्दा जम्मा दुईजना महिला पाइलट थिए । केही वर्षपछि मेरी छोरी जन्मिँदा म उसलाई पाइलट बनाउन चाहन्थें ।’

आश्रिता भन्छिन्, ‘मैले सन् २०१६ मा पाइलटका रूपमा एयर इन्डिया ज्वाइन गरें । त्यतिखेरदेखि हामी आमाछोरी केही उडानमा सँगै रह्यौं । तर आमाको जागिरको अन्तिम दिन उहाँसँग उड्नुको अनुभव बेग्लै रह्यो । उडानका बेलामा आमाले
सधैं मलाई क्याप्टेन भनेर बोलाउनुहुन्थ्यो र मलाई अनौठो लाग्थ्यो ।’

एयर इन्डियाले आश्रिता र आमा पूजालाई भविष्यका लागि शुभकामना दिएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah