१६ प्रतिष्पर्धीलाई उछिन्दै अग्रेजी महिनाको नयाँ बर्षको अबसर पारेर विराटनगरमा पहिलो पटक गरिएको मिस विराटनगरको उपाधि विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत सिमन ढकाल जितेकी हुन् । ढकालले मिस विराटनगरको उपाधिसँगै नगद एक लाख रुपैंया समेत पाइन् ।
युवतीहरुमा भएको कला प्रस्तुत गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको फस्ट रनर अप विराटनगर १६ की १६ वर्षिया मानसी मल्ल भईन् । त्यस्तै मेरिल्याण्ड कलेज कक्षा ११ मा अध्ययनरत स्वेता बस्नेत सेकेन्ड रनर अप हुनुका साथै वेष्ट क्याटवकको उपाधि जित्न सफल भइन् । फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमशः ५० हजार र २५ हजार रुपैया पुरस्कार राखिएको थियो । लक्ष्य इम्पोरियम र एक्टिभ इन्टरनेशनल मिडियाको आयोजनामा उक्त इभेन्ट भएको थियो।
प्रतियोगिताको प्रमुख निर्णायकमा नायिका तथा मोडल बेनिसा हमाल, अभिनेता तथा मोडल निराजन लुईटेल, मोडल तथा नायिका अन्जना कट्टेल, यूवा अभियन्ता बसन्त अधिकारी, कोरियोग्राफर प्रमोद बंशल रहेका थिए । निर्धारित समय भन्दा केही ढिलो गरि आयोजना भएको सो प्रतियोगिताको ब्यवस्थापन भने केही कमजोर रहेको थियो । आयोजक कौशल भगतले कार्यक्रममा भएको कमजोरीलाई अन्य दिनमा सुधार गरि लैजाने प्रतिक्रिया दिए । उक्त इभेन्ट को प्रशिक्षण भने मकालु टि. भि. कि रिता कट्टेलले दिनु भएको थियो।



