मड्रिड – लियोनल मेसी, गारेथ बेल र स्पेनिस ला लिगाका अन्य स्टारका दक्षिण एसियाली समर्थकले अब उनीहरुको खेल सामाजिक सञ्जाल फेसबुकबाट निशुल्क हेर्न पाउने भएका छन्।

फेसबुकसँग दक्षिण एसियामा निशुल्क हेर्न पाउने गरी स्पेनिस ला लिगाका खेलहरु प्रत्यक्ष प्रशारण गर्ने विषयमा मंगलबार फेसबुकसँग सम्झौता भएको स्पेनिस शीर्ष डिभिजनले जनाएको छ।

सम्झौताअनुसार शुक्रबार सुरु हुने ला लिगाको नयाँ सिजनअन्तर्गतका ३ सय ८० खेल नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र भुटानमा फेसबुकले प्रत्यक्ष प्रशारण गर्ने ला लिगाले जनाएको छ।

‘लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसँग सम्झौता गर्न पाएकोमा खुसी छौं । यो सम्झौताले दक्षिण एसियामा ला लिगा हेर्ने दर्शकलाई लिगसँग निकट राख्न सहयोग गरेको छ,’ ला लिगाका अध्यक्ष जाभियर टेभेजले भने।

सम्झौतामा नेपाल लगायत अन्य एसियाली राष्ट्रमा यो प्रतियोगिता ३ सिजनसम्म निशुल्क हेर्न पाउने सहमति भएको छ । यस्तै, सामाजिक सञ्जालमा खेलअघि र खेलपछि हुने विश्लेषणात्मक कार्यक्रम पनि समावेश गरिनेछ।

सम्झौतामा आर्थिक विषयलाई प्रस्ट पारिएको छैन् । तर स्पेनका सञ्चार माध्ययमले सम्झौता ९ करोड युरोमा भएको दावी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah