इन्डोनेशियामा जारी १८ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल तेक्वान्दोतर्फको एकल स्पर्धामा पराजित भएको छ । पदकको आशा गरीएको खेल तेक्वान्दोमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ एकल स्पर्धामा पराजित भएका हुन ।

राउन्ड अफ सिक्सटिनको खेलमा पुरुषतर्फ कमल श्रेष्ठ चाइनिज ताइपेइका चेन चिङसँग पराजित भए । महिला एकलतर्फ पार्वती गुरुङ पनि चाइनिज ताइपेइकी खेलाडीसँगै स्तब्ध भइन । तेक्वान्दो महिला टिम पुम्सेको अन्तिम १६ मा नेपालले उज्वेकिस्तानबाट वाकओभर पाएको छ ।अब क्वाटरफाइनलमा चाइनिज ताईपेईलाई हराए नेपालले पदक पक्का गर्नेछ ।

फेन्सिङको महिला एकल साब्रेतर्फ कमला श्रेष्ठ र रबिना थापा पहिलो चरणमा पराजित भएका छन् । यस्तै उसुतर्फ नेपालका विजय सिंजाली ८.२५ स्कोर गर्दै १८ खेलाडीमध्ये १४ औं स्थानमा रहे । २९ खेलमा सहभागिता जनाएको नेपाल आज फुटबलमा पनि प्रतिस्पर्धा गर्दैछ । उदघाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह डि अन्तगर्तको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।

अहिलेसम्म एशियाली खेलकुदमा जित निकाल्न नसकेको नेपाल पाकिस्तानलाई हराउँदै इतिहास बनाउने लक्ष्यमा छ । अघिल्ल्ला दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्ने छ । ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टसमा नेपालले पाकिस्तानसँग नै प्रतिस्पर्धा गर्दैछ । यस्तै लनटेनिस, कुस्तीमा पनि प्रतिस्पर्धा गदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah