एजेन्सी ।
चर्चित डेटिङ कम्पनी सेभेन्टी थर्टीले जरिवानामा परेको छ । एक डिभोर्स गरेकी महिललाई धनाढ्य प्रेमी नखोजेको आरोपमा डेटिङ कम्पनी थर्टीले करिब २३ लाख जरिवाना तिर्नुपरेको हो ।
चेल्सीमा बस्ने ४७ वर्षीया तीन सन्तानकी आमा टेरेजा बुर्कीका लागि धनाढ्य प्रेमी खोज्न नसकेको आरोपमा डेटिङ कम्पनि थर्टीले जरिवाना तिर्नुपरेको हो । सम्बन्धविच्छेद भइसकेपछि लामो समयदेखि धनाढ्य प्रेमीको खोजीमा रहेकी उनले चर्चित डेटिङ थर्टीको महँगो सदस्यता लिइन् ।
तर, धेरै समय कुरिसकेपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले हाइकोर्टमा मुद्दा दर्ता गरेर क्षतीपूर्ती पाएकी हुन् । गएको बुधबार अदालतले उक्त डेटिङ कम्पनीलाई धोका दिएको र सही जानकारी नदिएको भन्दै १८ हजार एक सय यूरो अर्थात् २३ लाख रुपैयाँ क्षतीपूर्ती दिन निर्देशन दिएको छ ।
ति महिलाले सन् २०१३ मा नाइटब्रिज (सेन्ट्रल लण्डन) स्थित डेटिङ कम्पनी सेवेन्टी–थर्टीको प्रिमियर सदस्यता लिएकी थिइन् । यसका लागि उनले १२ हजार ६ सय युरो लगभग साढे १४ लाख कम्पनीलाई दिइन् । टेरेजाले धनाढ्य र विदेशको यात्रा गर्न रुचाउनेलाई पार्टनरको रुपमा छान्नका लागि कम्पनीलाई जानकारी दिएकी थिइन् । साथै, चौथो सन्तानको योजना बनाएको बारे पनि जानकारी दिइन् ।



