बिष्णुप्रसाद पोखरेल

अघिल्लो दिनदेखि नै हितैसि पाथिभरा फिल्म हलका सञ्चालक एवं चलचित्र बितरक चैतन्य बरालले नाइ नभन्नु ल ५ चलचित्र हेर्न अघिल्लो दिन नै आग्रह गर्नु भएको थियो । कुरो बुधबारको थियो । फेरी विहिबार पनि उहाँले सम्झाउनु भयो ।

संगम स्वीट्सका प्रोपाइटर बिमल शर्माले पनि फेरी चलचित्र हेर्नका लागि झक्झक्याउनु भयो । साँझ दमक जेसिजका अध्यक्ष चन्द्र खत्री, शर्मा सहित फिल्म हलतिर लागिउ ।

जहाँ दमक नगरपालिका उपमेयर गीता अधिकारी भर्र्खरै आउनु भएको रहेछ । पत्रकार साथीहरु पनि उपस्थित थिए । केहि क्षणमा नै बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतको पनि उपस्थिति थियो ।

चलचित्रकर्मी चैतन्य जी ले बिशेष अवस्था सिर्जना गर्नु भएको रहेछ । चलचित्र नाइ नभन्नु ल ५ को शुरुवात नै देख्दै आएको इलाको फिक्कलको मनोरम दृश्यबाट शुरु भयो ।

शुरुवातमा खासै केहि छैनकी जस्तो र टिनएजका लागि चलचित्र बनेको रहेछ भन्ने लाग्यो । जब मत्यान्तर नजिक आयो अनि तान्न शुरु गर्यो चलचित्रले । झापा दमककी चेली, संगम शर्माकी छोरी एड्रिनाको जिबन्त अभिनय हेरेर रोमञ्चित भइरहेको अवस्थामा आँखा रसाएको भान भयो । जब पारिवारिक बिखण्डनको कथा चुस्स जोडिन पुग्यो ।

मध्यान्तरपछि एउटा मृत्युको कथाले साच्चै मन छोयो । बालकलाकार अनुभव रेग्मी र एड्रिनाले कलाकारिता एवं अभिनय जन्मदै पो लिएर आएकाछन् की जस्तो भयो । फिल्ममा उनिहरु रोए तर हामी साच्चै रोयौ । उनिहरुले फिल्ममा आँशु झारे तर हामीले रियल जिबनमा आँशु झारिउ ।

जहाँ मृत्युलाइ पर्खेको कथा थियो । मृत्युसंग लडिरहेको ब्यथा थियो । अनि एउटा चोखो प्रेम खरानी बन्दै थियो । बिछोडको मुखबाट आफ्ना बुबाआमालाइ छोराछोरीलाइ जोगाउदै थिए ।

मेरो भन्दा अघि कुर्सिमा बसेर चलचित्र हेर्दै गर्नु भएकी दमक नगरपालिका उपप्रमुख अधिकारी सारीले बेलाबेला आँशु पुस्दै हुनुहुन्थ्यो । चश्मा पुस्दै हुनुहन्थ्यो ।

बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल पनि भावुक बन्दै थिए । ढकाल पत्नीका आँखाबाट पनि आशु छछल्किरहेको थियो । केहि क्षण अघिसम्म हाँसिमजाक गर्दै गरेका रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालका आँखा पनि रसाइसकेका थिए । म उनिहरुलाइ नियाल्दै थिए । मलाइ पनि उहाँहरुको जस्तै अवस्थामा कथा र पात्रहरुले बनाइसकेका थिए ।

साच्चै मृत्यु नजिक पुगेको मान्छेको पीडा, परिवारको ब्यथा र प्रेमीको अनुभुतले तानिरहेको थियो । साहित्यकार एवं प्राध्यापक धनञ्जय बास्कोटा केहि अघिसम्म बाल मनोबिज्ञानमा नकारत्मक असरको पो पर्छ की भनेर चिन्तित देखीनुहुन्यो तर उहाँलाइ अन्तिमसम्म आउदा चलचित्रले भावुक बनाइ छाडेको मलाइ लाग्यो ।

दमककी छोरी एड्रिनाले शुरुमा हसाइन र रमाइलो दिइन तर बिस्तारै रुवाइन् । वास्तवमै जीबन्त अभिनयको अनुभुत गराइन । एउटा सफल कलाकारको रुपमा मनभित्र छाप छाडिन् ।

‘नाइ नभन्नु ल–५’ भदौ ८ शुत्रबारदेखि नेपालभर प्रदर्शन

यो चलचित्रमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा प्रमुखकताका साथ प्रस्तुत गरिएको छ।

फिल्ममा यी चार कलाकारको अलावा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ।

विकास आचार्यद्वारा निर्देशित यस चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय