दमक/झापाको सबैभन्दा होचो भुभागलाइ चिनाउने उदेश्य र खेलकुदको बिकासका लागि पहिलो पटक कचजकवल गोल्डकपको तयारी शुरु भएको छ । यहाँको एक प्रतिनिधि मण्डलले युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मासंग यस बिषयमा छलफल गरेको छ ।
यहाँका प्रदेश साँसद बाँनियाका अनुसार माघ महिनामा गर्ने गरीको तयारी शुरु भएको छ । यसको राशि २५ लाख रुपिया रहने प्रारम्भिक तयारी शुरु गरेको पनि उनले जानकारी दिएकाछन् ।
खेलकुदको बिकास र यस क्षेत्रलाइ खेलकुदबाट चिनाउनका लागि मन्त्री विश्वकर्माले सहयोग गर्ने आश्वसन दिएको पनि बाँनियाले जनाए । उनले केचनाको प्रचारप्रसारमा पनि यसले टेवा पुग्ने विश्वास गरे ।



