काठमाडौं — विमानस्थलमा विमान कुरेर बस्दा बोर भएकी महिलाले समय कटाउन रमाइलो तरिका फेला पारेकी छन् ।
अमेरिकाको न्युयोर्कस्थित बफलोमा बस्ने शेमिका चार्ल्सले गरेको हर्कत अहिले सामाजिक सञ्जालमा चर्चामा छ । शेमिका अमेरिकाको फिलाडेल्फिया विमानस्थलमा कुर्सीमुनिबाट निस्कने क्रियाकलाप गर्न थालेपछि त्यहाँ उपस्थित
व्यक्तिहरू रमाएर ताली बजाउन थाले ।
उनको क्रियाकलापको भिडियो उनका पतिले रेकर्ड गरेर युट्युबमा शेयर गरेपछि दुई करोड मानिसले हेरिसकेका छन् ।
शेमिकाले गरेको कामलाई लिम्बो डान्सिङ भनिन्छ जसमा एक लिम्बो बारमुनि त्यस बारलाई वा भुइँलाई कम्मरभन्दा माथिको भागले नछुआइकन अर्को साइडमा पुग्नुपर्छ ।
शेमिका तालिमप्राप्त लिम्बो डान्सर हुन् ।



