दमक/लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको पहिलो लायन्स अन्तर क्लव स्तरीय फुटसलको उपाधि स्वयं आयोजकले नै कब्जा गरेको छ । ५० हजार राशि सहित उपाधि स्टर्न लाइनले नै जितेको हो ।
८ वटा लायन्स क्लवहरु सहभागिता रहेकोमा युनाइटेड बिजेता भएको छ । युनाइटेडले २५ हजार जितेको छ । दमक ८ को फुटसलस्थलमा शुक्रबार बिहानदेखि खेलहरु भएका थिए ।
क्लवका अध्यक्ष बिमल शर्माका अनुसार झापा र मोरंगका लायन्स क्लवहरुको सहभागिता रहेको थियो । यसले एकआपसमा चिनजान तथा मित्रता बढाउन सहयोग गरेका जनाए ।
खेल संयोजक उज्वल श्रेष्ठले आफुहरुले नै खेल जितेको बताउदै पुरुस्कार शव बहान ल्याउनका लागि क्लवलाइ नै सहयोग गर्ने बताए । क्लवले शवबहान ल्याउने तयारी गर्दै आएको छ ।
उदघाटन तथा समापन कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनलाइका बातवरण चिफ बबरजंग थापा,एरिया चिफ गोपाल अग्रवाल, रिजन चियर पर्सन प्रहर क्षेत्री, जिल्ला खेलकुद बिकास समिति झापाका उपाध्क्ष भीमराज केसी लगायतको उपस्थिति रहेको थियो ।



