काठमाडौं, ५ असोज । चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकोमा खुशी व्यक्त गरेको छ । बेइजिङमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति सकारात्मक टिप्पणी गरेका हुन् ।

‘चीनका मैत्रीपूर्ण छिमेकीका रुपमा रहेका नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा हामी खुसी छौं, यसले यस क्षेत्रको शान्ति, स्थिरता र आर्थिक विकास अघि बढ्नेमा हामी विश्वस्त छौ’, प्रवक्ता लुले भने । चीन र नेपालबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबारे प्रधानमन्त्री दाहालले भारतमा गरेको टिप्पणीबारे बोल्दै उनले भने, ‘हामी मैत्रीपूर्ण छिमेकी देशका रुपमा दुई पक्षीय उच्चस्तरीय भ्रमणबारे एक अर्काबीच निकट सम्पर्कमा रहँदै आएका छौं ।’

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत स्वशासित क्षेत्रका महासचिव उ यीनजेईले वर्तमान राष्ट्रपति सि जिनपिङ र चीन सरकार तथा तिब्बत स्वशासित क्षेत्रको सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । उनले नेपालमा संविधान जारी हुनुलाई महत्पूर्ण उपलब्धिको रुपमा चीनले लिएको समेत बताएको ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले जनाएको छ ।

ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले शिष्टाचार भेट गर्ने क्रममा महासचिव उले त्यस्तो धारणा ब्यक्त गरेका हुन् । नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको संविधान दिवस कार्यक्रममा उनी लगायत अन्य तिब्वत सरकारका अधिकारीको उपस्थिति थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah