मानिसहरु प्रेमका लागि के–के गर्दैनन् ? भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोग्वेले आफ्नी पत्नीका लागि केही यस्तै गरेका छन् जसका कारण सामाजिक सञ्जालमा तस्वीर भाइरल बनिरहेको छ ।
छिरिङ तोग्बेले आफ्नो ट्वीटर ह्यान्डलमा एक तस्वीर शेयर गरेका छन् जसमा उनी आफ्नी पत्नीलाई ढाडमा बोकेर कतै गइरहेका छन् । बाटो निकै खराब र हिलो देखिएको छ ।
छिरिङ तोग्वेले फोटो सार्वजनिक गर्दै लेखेका छन्,‘सर बाल्टर रेले जस्तो साहसी त होइन तर मैले त्यो गरेको छु जो आफ्नी पत्नीको खुट्टा सफा राख्नका लागि गर्न आवश्यक छ ।’
सर वाल्टर रेले एक कवि थिए र बेलायती सेनाका सदस्य । उनका बारेमा भनिनन्छ कि महारनी एलिजाबेथ प्रथमको बाटोमा हिलो आएपछि उनले आफ्नो कोट ओछ्याइदिएका थिए । यसलाई वीरताको एक उदाहरण को रुपमा लिइन्छ । किनकी उनले महारानीको खुट्टलाई फोहर हुन दिएनन् ।
पूर्व प्रधानमन्त्री तोग्बेले फोटो सामाजिक सञ्जालमा हाल्नासाथ मानिसहरु यसमा कमेन्ट गर्न र शेयर गर्न थाले । मानिसहरुले उनको यो तरिकालाई मन पराए र तोग्बेको तारिफ हुन थाल्यो ।



