गुट्खा र पान मसाला खानेहरुलाई लिंगको क्यान्सर लाग्ने एक अध्ययनले देखाएको छ । भारतको आगराका चिकित्सक अरुण तिवारीले गरेको सोधमा यस्तो तथ्य फेला परेको हो ।

गुट्का र पान मसालामा भएका क्यान्सर उत्पादन गर्ने पदार्थ पिसाब थैली र नलीमा जम्मा भएर लिंगको क्यान्सर हुने अध्ययनले देखाएको छ । गुट्का खाँदा पहिले मुखको क्यान्सर हुने पत्ता लागेकोमा पछिल्लो पटक नयाँ तथ्य सार्वजनिक भएको हो ।

सय भन्दा धेरै क्यान्सरका बिरामीमा गरिएको अध्ययनका क्रममा यस्तो तथ्य फेला परेको भारतीय संचार माध्यमले जनाएको छ । लिंगको क्यान्सरका विरामीको मृत्यू निकै पीडादायी समेत हुने गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा सामेल सबै बिरामीले गुट्खा खाने गरेका थिए । गुट्खा बनाउँदा कत्थामा रसायनको प्रयोग गरेको पाइएको छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय