एजेन्सी। अस्ट्रेलियामा एक यस्तो परिवार भेटिएको छ जहाँ दाजुबहिनी, आमाछोरा, बाबुछोरी एक आपसमा यौन सम्बन्ध बनाउँदै बच्चा जन्माइरहेका थिए । ३८ जनाको यो परिवार टिनको छाप्रो र पालमा बस्थ्यो । अधिकारीका अनुसार यिनीहरुको क्याम्पबाट १२ अशिक्षित र कुपोषित बच्चाहरु निकालिएको थियो र उनीहरुलाई बाल स्याहार केन्द्रमा पठाइयो । यी बच्चाहरुमध्ये अधिकांश मानसिक वा शारीरिक रुपमा विकृत छन् । शनिबार यो मुद्दामा सिड्नी अदालतमा सुनुवाइ भयो । यो परिवारका सबै वयस्क सदस्य हिरासतमा छन् ।
६ वर्ष पहिले २०१२ मा यो परिवारको बारेमा जानकारी सार्वजनिक भएको थियो । चिल्ड्रेन कोर्टका न्यायाधीशले यस्तो मुद्दामा दुर्लभ फैसला गर्दै यससम्बनधी जानकारी सार्वजनिक गर्ने निर्णय गरेका थिए । अस्ट्रेलियाको न्यू साउथ वेल्समा बसिरहेको यो परिवारको बारेमा तब खुलासा भएको थियो जब यो परिवारका किशोरकिशोरीलाई स्कुलको मैदानमा फेकिली सेक्सको बारेमा कुरा गरिरहेको सुनियो । एक किशोर आफ्नो साथीसँग यो भनिरहेका थिए कि उनकी दिदी गर्भवती छिन् तर परिवारलाई यो थाहा हुन सकिरहेको छैन कि दाजुभाइमध्ये कुन भाइ उनको बच्चाको पिता हो ।

यो घटनापछि स्थानीय प्रशासन ग्रामीण क्षेत्रमा बसिरहेको यो परिवारसम्म पुग्यो । पुलिस यहाँको हालत देखेर चकित थियो । त्यहाँ न पानी थियो, न शौचालय न सरसफाइको अन्य व्यवस्था । पुलिस यहाँ पुग्दा दाजुबहिनी एउटा बेडमा पतिपत्नीजस्तै सुतिरहेका थिए । पालबाहिर बाल्टिमा पिसाब गरिएको थियो । यहाँबाट निकालिएका बालबालिकाले अधिकारीहरुलाई कैयौं पिढीदेखि चलिरहेको यौनजन्य हिंसाको बारेमा बताएका थिए जसमा परिवारकै पाका सदस्य सहभागी थिए । उनहिरु बच्चाहरुलाई यौनहिंसा गरिरहेका थिए ।
यो परिवारमा पिता छोरीसँग, दाजु बहिनीसँग, आमा छोरासँग यौनसम्बन्ध बनाउँथे र बच्चा जन्माइरहेका थिए । यसमा १२ वर्ष उमेरमा किशोरकिशोरी पनि सामेल थिए । परिवारका अनुसार यो सबको सुरुवात अघिल्लो शताब्दीदेखि नै भएको हो । त्यतिबेला यो परिवारकी मुखिया जून कल्ट यस्ता आमाबाबुबाट जन्मिएकी थिइन् जो आपसमा साख्खै दाजुबहिनी थिए ।



