मानिसहरु धर्म गर्ने भन्दै विभिन्न मन्दिर जाने वा घरमानै देव देवताको मुर्ति राखेर पूजा गर्ने गर्छ। विभिन्न तरिकाहरु अपनाएर वा विधिवत रुपमा पूजा आराधना गरेर भगवानलाई प्रसन्न गराउने कार्य गरिन्छ। तर शास्त्रमा उल्लेख गरिए अनुसार धर्म गर्ने भगवानको पूजा मात्र नगरेर आफ्ना दैनिक क्रियाकलापहरुमा ध्यान दिन आवश्यक हुन्छ। आज हामी तपाईहरुलाई केहि यस्ता कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसमा ध्यान पुर्याउन नसक्दा ठूलो पाप हुने र विभिन्न समस्याहरु सामना गर्नुपर्नेछ।
१. अन्य व्यक्तिको धन सम्पति गलत उपाय अपनाएर आफ्नो बनाउन खोज्नु जीवनमा ठूलो पाप हुनेछ।
२. राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।
३. अर्काको पति वा पत्नीलाई खराब नियतले हेर्नु वा पछ्याउनु पनि गलत हुन्छ।
४. यदि गर्भवती महिलालाई नराम्रो वचन लाउने र चित्त दुखाउने काम गर्नु समेत ठूलो पाप हो।
५. कुनै सोझो -सिधा व्यक्तिलाई मानसिक तनाब दिने वा विभिन्न बहानामा सताउने गर्दा कुनै पनि हालतमा पापबाट मुक्ति पाउन नसकिने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ।
६. समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले राख्ने वा उसको कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप मानिन्छ।
७. आफू भन्दा ठूला व्यक्तिहरुलाई आदर नगर्ने र उनीहरुको अर्ती उपदेश नमन्नु पनि जीवनमा ठूलो भूल हुने गर्छ। यसका साथै मदिरा सेवन गर्नु, आफ्नो गुरुको पत्नीसँग सम्बन्ध राख्नु , आफैले दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिने गर्छ।



