हाँस्यकलाकार कपिल शर्माको समस्या बढ्दैछ । बम्बे म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले कपिल शर्मा र अभिनेता इरफान खानविरुद्ध मुद्दा दर्ता गरेको छ । बीएमसीका विरुद्ध ट्वीट गरेपछि कपिल शर्मा आफ्नै जालमा फस्दै गरेको भारतीय संचार माध्यमले बताएको छ ।

बीएमसीले अवैध निर्माणको विषयमा रिपोर्ट दर्ता:
बीएमसीले भारतको गोरेगांवस्थित डीएलएच एन्क्लेवमा ९ र ५ औं मञ्जिलमा बस्ने इरफानका विरुद्ध ओशिवारा पुलिस थानामा एफआइआर दर्ता गराएको छ । बीएमसीका अनुसार यो भवन अवैध रुपले निर्माण गरिएको हो । बीएमसीले गोरेगांवस्थित यो भवनको १५ औं फ्ल्याटमा गडबडी भएको जानकारी पाएको छ । यी १५ फ्ल्याटहरुको निर्माणमा थुप्रै नियमहरु उलंघन गरेको बताइएको छ ।

इरफान खान र कपिल शर्माको बढ्नेछ मुश्किलः
यो एफआरआइ पी साउथ वार्डका सब इन्जिनियर अभय जगतापले गरेका हुन् । यो एफआइआर महाराष्ट्र रिजनल टाउसन प्लानिङ एक्टको सेक्सन ५३(७) को आधारमा गरिएको हो । यो सेक्सनमा फ्ल्याट मालिकलाई अनधिकृत निर्माण विरुद्ध नोटिस दिइएको छ । यो धाराको अनुसार आरोपीहरुले एक महिनादेखि तीन वर्षसम्मको जेल र २ हजारदेखि ५ हजार जरिवाना हुनसक्छ । यो भवनको यी फ्ल्याटमा अनधिकृत तरिकाले डक्टिङ, कमन पेसेज र पार्किङको निर्माण गरिएको छ ।

कपिल शर्माको ट्वीटपछि बढ्यो समस्याः
ओशिवारा पुलिस थानामा बीएमसीले १२ जुलाईमा एफआइआर गराउनका लागि केही दस्तावेज जम्मा गराएका थिए । यो प्रक्रिया २४ अगस्टसम्म चल्यो । म्युनिसिपल कमिशनर अजय मेहताका अनुसार गणेश उत्सव पछि यो एफआइआरका बाँकी कारवाही गरिनेछ । स्मरण रहोस्, हाँस्यकलाकार कपिलले गत शुक्रबार बीएमसीका विरुद्ध ट्वीट गरेका थिए ।
यो पनि पढ्नुहोस्ः

ट्वीट पछि कपिल शर्माको घरबाहिर टाँसियो बिएमसीको नोटिस, २४ घण्टाभित्र बताउनुपर्नेछ घुस लिनेको नाम

भ्रष्टाचारको शिकार बने कपिल शर्मा, मोदीलाई सोधे, ‘के यहि हो तपाईंको ‘अच्छे दिन’’ ?

आफ्नै आरोपमा फसेपछि कपिल शर्माले भने, ‘भ्रष्टाचारका विरुद्ध रिस मात्र पोखेको हुँ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah