एजेन्सी। भारतको आर्थिक राजधानी मुम्बईमा यस्तो घटना भएको छ जुन चमत्कार भन्दा कम छैन। उक्त घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। भिडियोमा एक बालक आफ्ना साथीसँग गाडी पार्किङ गर्ने ठाउँमा खेलिरहेका हुन्छन्। त्यति नै बेला एक महिलाले आफ्नो कार निकालिन् र बच्चामाथि चढाइन्। बच्चा कार मुनी आएपछि ठूलो दुर्घटना हुन्छ। तर त्यहाँ यस्तो भयो जुन चमत्कार भन्दा कम छैन।

कारको मुनि आएका बच्चा फेरि उडेर दौडिन थाले। सामाजिक संजालमा यो सीसीटीभी फुटेज निकै भाइरल भइरहेको छ। बच्चा खेल्दै गर्दा तल भुँइमा बसेर जुत्ताको लेस बाँध्न थाले। त्यति नै बेला एक महिलाले कतै नहेरी कार चलाइन्। भुँइमा बसेर जुत्ताको लेस बाँध्दै गरेका बालक कार मुनी परे।

यो घटना २४ सेप्टेम्बर साँझ करिव ७ बजे मुम्बईको चेम्बुरमा भएको थियो। महिलालाई डिनडोशी प्रहरीले पक्राउ गरेको छ। पछि उनी रिहा पनि भइन्। महिलाको नाम श्रद्धा चन्द्राकर हो भने कार मुनी परेका आठ वर्षीया बालकको नाम हरेशिया माथुर हो।

श्रद्धा र रहेशिया गोरेगाउँको एउटै अर्पामेन्टमा बस्छन्। भिडियोमा पार्किङमा केही बालक फुटबल खेलिरहेका देखिन्छ। रहेशियाका जुत्ताको लेस खुल्छ र उनी कार नजिकै लेस बाँध्न थाल्छन्। कार त्यति बेलै स्टार्ट हुन्छ। र बालकमाथिबाट जान्छ। त्यसपछि ती बालक उठेर दैडिन्छन्। तर उनी कार मुनी परेको अन्य साथीले पनि देखेका हुँदैनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय