४० वर्षकी विवाहित महिलालाई गाउँलेहरु मिलेर निर्घात कुटपिट गरे । त्यसपछि महिलालाई एउटा रुखमा बाँधियो । त्यसपछि उनको मुखमा कालोमोसो दलेर जुत्ताको माला लगाइयो । पीडित महिला २ बच्चाकी आमा भएको बताइएको छ । महिलालाई अर्कै पुरुषसँग अवैध सम्बन्ध भएको आरोप लगाउँदै यसरी कालोमोसो दलिएको बताइएको छ ।
पीडित महिलाका श्रीमानले उनलाई जोगाउनुको सट्टा उल्टै गाउँलेको साथ दिँदै आफैं कालोमोसो दलिदिएका छन् । प्रहरीले महिलाका श्रीमानलाई पक्राउ गरेको छ । ती महिला बुधबार दिउँसो खेतमा धानको स्याहार गर्न गएकी थिइन् । साँझ घर फर्केपछि तीन महिला र केही अन्यले उनलाई कुटपिट गर्न थाले । त्यसपछि उनलाई एउटा रुखमा बाँधियो र कुटियो । त्यसपछि उनलाई सबैको अगाडि अपमानित गर्दै जुत्ताको माला लगाइयो र मुखमा कालोमोसो दलियो ।
महिलामाथि यसरी बर्बर अत्याचार गर्नेहरुमा स्वयं उनका श्रमिान पनि सहभागी थिए । गाउँकी महिलाहरु र उनका श्रीमानले पीडित महिलालाई नै दोषी भनिरहेका छन् । घटनास्थलमा प्रहरी पुग्दा महिला बेहोस अवस्थामा भेटिएकी थियन् । प्रहरीले उनलाई अस्पताल भर्ना गराएको छ । यातना दिनेहरुलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
डिसी नेपाल बाट



