बीबीसी। मेरो साथीले मलाइ सोध्यो–अहिले पनि उसैको बारेमा सोचिरहेको छस्,’ मैले उत्तर दिइन। उसले फेरि सियोले घेचे जसरी प्रश्न गर्यो–चुप लाग्नुको अर्थ तँ धेरै सोझो छस् भन्ने होइन।’

उसले भन्यो–तँ पागल पनि हुन सक्छन्। किनभने तेरो अफेयर त वर्षौं पहिला सकिएको हो। तर तँ जीवनमा अगाडि बढ्न सकिनस्। तैले अब समयसँगै हिँडुन सिक्नुपर्छ।’

मैले भने–तिम्रो समस्या के हो? मेरो मेरो इच्छाको कुरा हो।’ उसलाई एक मुक्का प्रहार गरौँ जस्तै भएको थियो। तर मैेले कति जनलाई यसरी मुक्का प्रहार गर्नु?

यदि मैले रिस गर्नु र यही विषयमा कसैलाई मुक्का प्रहार गर्नुपर्यो भने मेरोे दैनिक काम नै यही हुनेछ।
मेरो कथा के हो म कहाँबाट सुरु गरौं?

मेरो कथा मेरो विगत र आज जोडिएको हो। प्रेममा असफल भएपछि मैले एक्लै बस्ने निर्णय गरेँ। मेरो निर्णय त्यो समाजकालागि ठूलो प्रश्न भयो जुन समाजसँग मेरो गहिरो नाता छ। मेरा साथी, नातेदार र मलाइ चिन्नेहरुले मलाइ अनौठो मानिस ठान्छन्। मेरो क्षमता, मेरो काम र गुणका कारण होइन, मेरो एक्लै बस्ने निर्णयका कारण उनीहरुले मलाइ अनौठो ठानेका हुन्।

यदि तपाइँ यस्ता प्रश्नको जवाफमा न आफू विवाहित भएको मान्नुहुन्छ न विवाह गर्ने बताउनु हुन्छ भने तपाइँ मानिसको नजरमा अनौठो हुनुभयो। तपाइँलाई बेग्लै वा विचित्रको प्राणी जस्तै गरी हेरिन्छ र तपाइँ अरुको नजरमा बिचरा हुनुहुन्छ।

कामको सिलसिलामा म एक महानगरबाट आर्के महानगरमा गएँ। म यस्तो माहोल भएको ठाउँमा काम गर्छु जहाँ अगल अगल ठाउँबाट आएका मानिसले काम गर्छन्। म शहरको एक सम्भ्रान्त इलाकामा बस्छु। यहाँ बस्ने अधिकांश आधुनिक हुन्छन् भने कोही आफ्नो काममा निपुर्ण हुन्छन्।

छिमेकीलाई मसँग कुरा गर्ने र मेरो विषयमा जानकारी लिने समय नै हुँदैन। म जहाँ जहाँ गएको छु र जुन चिया पसलमा म चिया पिउँछु त्यहाँ अन्य मानिसहरु पनि आउँछन् र उनीहरु पनि आफ्नो काममै मतलव राख्छन्। मेरो उनीहरुसँग औपचारिक कुराकानी पनि हुन्छ।

तर उनीहरुले म अविवाहित व्यक्ति भएको थाहा पाएपछि उनीहरुको भित्र ‘जिज्ञासु व्यक्ति’ छटपटाउन थाल्छ। के तपाइँ पनि सिंगल हो भनेर सोध्नेको आँखा चम्किन्छन्। यस्तो लाग्छ की तपाइँ अहिले पनि प्लेस्कुलमा नै हुनुहुन्छ। यस्तो बेलामा मेरा केही साथीहरुनै अगाडि बढेर मेरो बारेमा बताउँछन्। उनीहरुले भन्ने गरेका छन्–यो वर्षको अन्तिम सम्ममा यसले िविवाह गरिसक्छ।’

यसो भनेर उनीहरुले मेरो अपमानलाई बचाइरहेको जस्तो ठान्छन्। मेरो इच्छा हुन्छ–मेरो पहिचानसँग मलाइ कुनै लाज हुँदैन। अरु त अरु जुन वर्ष विवाह हुने भनेर मेरा साथीले भनेका हुन्छन्। त्यो वर्ष अहिले आउँदैन।’

अनि फेरि मेरा नजिकका साथी मेरो नाम युवतीसँग जोड्न सुरु गर्छन्। उनीहरुले के पनि सोच्देनन् भने हाम्रो उमेरको अन्तर कति छ?
मलाइ बेला बेलामा सेक्शुअली एक्टिभ छु की छैन भनेर पनि सोध्ने गरिन्छ। कसैले त मलाइ मेरो स्वास्थ्य अवस्थाका विषयमा पनि सोध्छन्। एक जनाले त के सम्म सोधे मेरो इच्छा पुरुषप्रति कत्तिको छ? मैले उनीहरुलाई भन्ने गरेको छु यदि मेरो त्यस्तो इच्छा भएको भए म आज पुरुषसँगै बसिरहेको हुने थिएँ।

सिंगल भएकै कारणले मलाइ धेरै सुविधाको लाभ पनि मिलेको छ। यस्तो समाजको एउटा वर्गले हामीलाई दिन्छ। मेरा एक पूर्व हाकिमले भन्नुहुन्थ्यो–तिमी सिंगल छौं विदाको दिनमा पनि अफिल आएर अबेर सम्म काम गर्दा तिमीलाई समस्या हुँदैन।’

मेरा घरका मालिकले एकपटक भने–सबैभन्दा माथि बस त्यहाँ कपडा सुकाउन पनि सजिलो हुन्छ। बीचको फ्लोरमा परिवारसहित बस्छन्।’ म पनि सबैले दिएजति भाडा लिएर बसेको छु भने म किन माथि बस्ने? मेरो एक साथीले आफ्नो गृहप्रवेशको निम्ता दिँदै भने–तिमी सिंगल छौं तिमीलाई निम्ताको के आवश्यक। यही ह्वाट्सएप सन्देशलाई निम्ता मान।’ निम्ताको कार्ड पाउन पनि विवाहित हुन जरुरी हुन्छ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah