एजेन्सी । बिहार प्रहरीको एक घृणित घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरीले चलिरहेको रेलबाट एक विद्यार्थीलाई बाहिर फालेको अरोप लगाइएको छ । यसपछि आक्रोशित यात्रुले प्रहरीको पिटाइसमेत गरेको भिडियोमा देख्न सकिन्छ ।
११ मा पढ्ने विद्यार्थी वेंकटेश शर्मालाई प्रहरीले रेलबाट धकेलेको बताइएको छ । वेंकटेशका बाबुले २८ सेप्टेम्बरमा रेलमा आफ्नो छोराले प्रहरीलाई रुपैयाँ दिन अस्वीकार गरेपछि चलिरहेको रेलबाट बाहिर धकेलेको बताएका छ् । ती विद्यार्थीको स्पट डेथ भएको थियो ।\
भिडियोमा राँचीबाट पटनातर्फ गइरहेको जशताब्दी एक्सप्रेसमा एस्कार्ट पार्टीका जवानलाई रेलका यात्रीले घेरेको र पिटेको देखिन्छ । तर यो भिडियोको आधिकारिता भने पुष्टि हुन सकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जब यो घटना भयो त्यो बेला वेंकटेश आफ्ना साथी कृष्णासँगै जनशताब्दी एक्सप्रसबाट राँचीदेखि गया जाँदै थिए । रेलमै वेंकटेश र प्रहरी जवानबीच भनाभन भयो । र प्रहरीले उसलाई धकेले, जहाँ उसको मृत्यु भयो ।
वेंकटेशको शव घटनाको दोस्रो दिन जंगलमा फेला परेको थियो । रेल प्रहरीले भने वेंकटेशको मृत्यु अत्याधिक मदिरा सेवन गरेकाले भएको बताएको छ ।
प्रहरीले मदिरा सेवन गरेका दुई यात्रुले प्रहरीसँग बहस गरेको र सो क्रममा एकजना रेलबाट खसेको बताएको छ । उसले अर्का एक जनालाई अस्पताल लगेर मदिराबारे जाँच गरिएको जनाएको छ । ती युवालाई जाँचपछि जेलमा राखिएको बताइएको छ ।
https://youtu.be/oPqn5G-WXz0



