काठमाडौं, असोज २१ । मलेसियामा भइरहेको आइसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग आज खेल्न लागेको हो।

यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो भने त्यसअघि पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटले नै हराएको थियो।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार १२ः१५ बजे सुरू हुनेछ। थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिसके पनि पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हो।

यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल हुने भनिए पनि वर्षाले उक्त खेल स्थगित भएको थियो । जारी प्रतियोगितामा ३ खेलबाट ५ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। २ खेलबाट समान ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ।

नेपालले यसपछि मंगलबार भुटानसँग, बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म हुनेछ। जसमा १६ टोलीले खेल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah