काठमाडौं, असोज २६ । मलेसियामा भइरहेको आईसीसी विश्वकप टी-२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग खेल्दै छ ।खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने छ । नेपालले आज सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ।

उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन् । अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् ।

जारी प्रतियोगितामा नेपालपछि सबैभन्दा बलियो टोली सिंगापुरलाई लिइएको छ। तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ।

यस्तो छ नेपाल र सिंगापुरको खेल

नेपालले सिंगापुरसँग टी-२० क्रिकेटमा २ पटक खेलेको छ। दुबै खेलमा नेपाल विजयी भएको छ। टी-२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान पनि सिंगापुरबीरुद्ध नै छ।

सन् २०१३ मा काठमाडौंमा भएको एसीसी टि-२० कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी-२० मा बनाएको उच्च रन हो। उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो।

त्यो खेल खेल्नेमध्ये अहिले सुबास खकुरेल, पृथ्वु बाँस्कोटा, चन्द्र साउँद, शक्ति गौचनबाहेक सबै खेलाडी छन्। यस्तै सन् २००९ मा सारजाहमा भएको एसिसि टि-२० कपको पाँचौ स्थानको प्ले अफमा पनि सिंगापुरलाई ९ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा नेपालले ५ खेलमा ५ मा नै फराकिलो अन्तरको जित निकालेको छ। म्यानमार र मलेसियालाई समान ८(८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै भुटानमाथि १ सय १७ रनको जित निकाल्दा चीनलाई १० विकेटले पराजित गरेको थियो।

प्रतियोगिताभर बलिङमा हाबी भइराखेको नेपालले आफ्नो क्षमता अनुसारको ब्याटिङ भने गर्न सकिरहेको छैन। नेपालका युवा स्पिनर सन्दिप लामिछानेले जारी प्रतियोगितामा २० विकेट लिइसकेका छन्। यदि आजको खेलमा पनि उनले २ वा सो भन्दा बढी विकेट लिए भने उनी एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah