उत्तम रिजाल,झापा÷ झापाको धरमपुरमा सम्पन्न दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगिताको उपाधि दमक टे«निङ्ग सेन्टरले जितेको छ । धरमपुर स्थित फुलबारी खेल मैदानमा भएको सो खेलमा दमकले जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारीत ८० मिनेट सम्म गोल रहित बराबरी खेलेपछि भएको टाइब्रेकरमा विजयी टिमका तर्फबाट जर्सी नम्बर १६ का किस्मत लिम्बु, जर्सी नम्बर ७ का प्रविन राई, जर्सी नम्बर ६ का विशाल क्षेत्री र जर्सी नम्बर १० का रोशन थाम्सुहाङ्गले गोल गरेका थिए । दमकको पहिलोे पेनाल्टि भने विफल भएको थियो । उसका कप्तान जर्सी नम्बर ८ का निशान राइको प्रहार विर्तामोडका गोलकिपर देवराज कुरुंवाङ्गले विफल बनाइदिएका थिए ।

उता पराजित विर्तामोडका तर्फबाट भने जर्सी नम्बर १९ का देवेन्द्र तामाङ्ग, जर्सी नम्बर १२ का राजकुमार कन्दङ्गवा र जर्सी नम्बर ३ का विकास तामाङ्गले मात्र गोल गरेका थिए । विर्तामोडका जर्सी नम्बर ५ का पुजन उपरकोटी र जर्सी नम्बर २ का दिलेन लोक्तामको प्रहार भने दमकका गोलकिपर योगेश भट्टराइले विफल बनाइ दिएका थिए । जितसँगै दमकले नगद एक लाख र ट्रफी हात पार्यो । त्यस्तै उप–विजेता विर्तामोडले नगद ५० हजार हात पार्यो ।

फाइनल खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलकिपर योगेश भट्टराई घोषित भए । उनले नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि पनि विजयी टिमकै रोशन थाम्सुहाङ्गले पाए ।

उनले नगद ५ हाजार र ट्रफी हात पारे । उनीहरुलाई कार्यक्रमका प्रमूख अतिथि अखिल नेपाल फुट्बल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्बाङ्ग,जिल्ला फुट्बल संघका अध्यक्ष भगिरथ आले मामा, समाजसेवी चन्द्रवीर नेम्बाङ्ग लगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नु भएको थियो । प्रतियोगिताको आयोजना फुलबारी सेवा संगम क्लबले गरेको हो । प्रतियोगितामा प्रदेश १ का आठ टिमको सहभागिता रहेको थियो ।
२०७५, असोज ३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah