एजेन्सी । भारतको राजस्थानको धौलपुर जिल्लामा डाक्टरसँग एक यस्तो केस आयो जसबाट डाक्टर नै बेहोस भए ।
यहाँको एक अस्पतालमा सरमथुरा गाउँकी एक् युवती पेट दुखाईको शिकायत लिएर पुगिन् । टेस्टमा थाहा भयो उनको पेटमा कुनै गाँठो छ । त्यसपछि डाक्टरहरुले अप्रेशनको तयारी गरे ।
एक हप्तापछि अप्रेशनका लागि जब ती यूवतीको पेट खोलेर जे देखे त्यसले डाक्टरको होस उड्यो ।
पेटको आमासयमा एक किलो बाल भेटिएपछि डाक्टरहरु चकित परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको पेटमा यति धेरै कपाल कसी गयो भने बुझ्दा ती युवतीले एक रोगका कारण आफनै कपाल खाने गरेको बताइन् । सर्जरी गर्ने डाक्टरहरुले बाल खानु पनि एक किसिमको रोग भएको बताए ।
उनले मानसिक विकृतिका कारण यस्तो अनौठो घटना भएको डाक्टरहरुले बताएका छन् ।
यो रोगको उपचार समयमै नगरिए विरामीको मृत्युसम्म हुने बताइएको छ । हेरौ यो भिडियो ।



