बिर्तामोड । दोस्रो रमपम झापा गोल्डकपको फाइनल यात्रा तय गरेमा झापा ११ का खेलाडीलाई जनही २५ हजार रुपैयाँ र फाइनल खेल जितेमा जनही ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । यही माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजन हुने गोल्डकपको तयारी बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा झापा ११ क्लबका अध्यक्ष जलकुमार गुरुङले यस्तो जानकारी दिएका हुन् । प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट खेल्ने खेलाडीलाई नगद ७ हजार रुपैया तथा सिल्भर मेडल प्रदान गरिने पनि आयोजक समितिले जनाएको छ ।

यस्तै म्यान अफ दि टुनामेन्टलाई नगद ३० हजार रुपैयाँ पुरस्कार दिइने घोषणा भएको छ । आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले दिएको जानकारी अनुसार उत्कृष्ट गोल किपर, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षक गरी ५ विधाका एक–एक जनालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । मोफसलकै सर्वाधिक नगद पुरस्कार राशि ७ लाख रुपैयाँ रहेको दोस्रो रमपम झापा गोल्डकप २०७३ मा उपविजेता टीमले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने यस अघिनै सार्वजनिक भइसकेको छ । प्रतियोगिताको शनिबार हुने उद्घाटन खेल आयोजक रमपम झापा ११ र भारतको शेर फुटबल क्लब बीच हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । प्रतियोगितामा पूर्वी नेपालदेखि सुदुर–पश्चिमसम्मका ९ वटा टीम र भारतको एउटा टीम गरी १० वटा टीमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah