एजेन्सी। इटलीमा उत्खननको क्रममा हजारौं वर्ष पुरानो रहस्य भेटिएपछि इतिहासकारहरुबीच सनसनी फैलिएको छ । यो रहस्य १९०० वर्ष पुरानो भएको बताइएको छ । यहाँ उक सानो कोठाभित्र ५ जनाको कंकाल भेटिएको छ । रोचक त के भने यी कंकालले हजारौं वर्षअघिको प्राकृतिक प्रकोपको महिना र गतेसमेत सही मिति पत्ता लागेको छ । यी कंकाललाई १९०० वर्षदेखि कसैले हात लगाएको थिएन ।

वैज्ञमनिकका अनुसार यी ५ जना सन् ७९ मा माउण्ट वेसुवियसमा भएको ज्वालामुखी विष्फोटको शिकार भएका थिए । उनीहरुले यो प्राकृतिक विपदबाट बच्न यो कोठामा शरण लिएका थिए जहाँ ज्वालामुखीले उनीहरुलाई आफ्नो चपेटामा लियो । यी ५ जनाले एक अर्काको हात समातेका थिए । त्यही बेला कोठाको छत खस्दा उनीहरु त्यसमै पुरिएका थिए ।

पम्पोइ आर्कियोलोजिकल साइटका निर्देशक मेसिमो ओसान्नाका अनुसार यो निकै आश्चर्यजनक खोज हो र इतिहासको हिसाबले निकै अहम छ । इतिहासकारका अनुसार यो खोजबाट उनीहरुले त्यतिबेलाको प्राकृतिक प्रकोपको बारेमा थप जानकारी पाइरहेका छन् । वैज्ञानिकका अनुसार उनीहरुले यो खोजपछि त्यतिबेलाको प्राकृतिक विपदको मितिसमेत पत्ता लगाएका छन् । यो प्रकोप सन् ७९ को २४ अगष्टका दिन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah