काठमाडौं, १४ माघ । बहुप्रतिक्षित लूट २ चलचित्रको ‘घ्याम्पे घ्याम्पे रक्सी हान्दे’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।चलचित्र प्रदर्शनको ठीक एक महिनाअघि सौगात मल्ल, दयाहाङ राई र विपीन कार्कीले रेस्टुरेन्ट बारमा मस्ती गरेको ‘घ्याम्पे घ्याम्पे रक्सी हान्दे’ गीत सार्वजनिक भएको हो । लूट २ फागुन १३ गते रिलिज हुँदैछ ।
‘घ्याम्पे घ्याम्पे रक्सी हान्दे’ बोलको गीतमा निश्चल बस्नेत र हर्कुलस बस्नेतले युगल गीत गाएका छन् ।
निर्देशक, निर्माता, अभिनेता, डान्सर हुँदै निश्चल बस्नेत गायनमा पनि जमेका छन् ।यसअघि लूट २ को ‘लैजाऊ घुमाउन ठमेल बजार’ गीत सार्वजनिक भएको थियो । जुन गीतले युट्युबमा छिटो हेर्ने गीतको कीर्तिमान कायम गरेको थियो ।



