मेष राशिः

मेष राशि हुनेहरुको लागि भोलिको दिन अनुकूलै छ तथापि आफ्नै मनोआशक्तिको कारणले हुनपर्ने जति फाइदा लिन अल्लि गाह्रो देखिन्छ । आत्मप्रशंसाको चाहना तथा प्रमातको भावनाले तपाईँको कमजोरीको वास्तविकता उदाङ्गिन सक्नेछ । सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहेपनि विद्वदताको फुर्ति र निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना छ । घमण्डले मानसिक पछुतो पर्नसक्ने छ, ख्याल पुर्याउनु होला । भोलि तपाईँलाई पाँच अङ्क, रातो रङ्गको उपयोग र भगवान भैरवदेवको स्तुति फापकर हुनेछ ।

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, बरु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । नचिताएको पक्षबाट भने आर्थिकको साथै अन्य उपलब्धि हुनसक्ने छ । भोलि यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र गुरुगाणपतिको स्तुति आराधना गनु शुभकर हुनेछ ।

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन आ“ट जोश जा“गर र पराक्रम बढाउने ग्रह परेको छ । नविन कार्ययोजना बन्नाले महत्त्वाकांक्षा पनि बढ्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । स्फुर्तिकर ग्रहयोग परेकोले पौरख प्रदर्शन गर्नसकिने र प्रशंसा पनि मिल्ने छ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायिक उन्नति हुनेछ भने अड्केर रहेको काम बन्नेछ । पेशा एवम् व्यापार व्यवसायबाट राम्रै लाभ गर्न सकिने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । प्रतिस्पर्धामा सफल, व्यवसायिक लाभ, रोकिएको काम बन्ने, विजय एवम् प्रशंसा–पुरस्कार र व्यवसायिक लाभ मिल्नेछ ।

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । भोलिको दिन वाकवृति हुनेहरुको लागि बढी उपयुक्त हुनसक्ने छ । तपाईलाई आज दुई अंक, सेतो रङ्गको प्रयोग एवं कुमारीदेवीको दर्शन भक्ति शुभप्रद हुनेछ ।

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि भोलिको दिन अनुकूल हुँदाहुँदै पनि गोचर केही अबरोधक देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । महावीर हनुमानको भक्ति आराधना आज तपाईको लागि कल्याणप्रद हुनेछ ।

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि भोलिको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि कतैबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आँच आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोगको साथमा भगवान गणेश जीको भक्तिदर्शन गर्नु शुभकर हुनेछ ।

तुला राशिः

तुला राशिहुनेहरुको लागि भोलिको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । भोलि यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने कुनै कन्यालाई सेतो वस्तु दानदिनु विशेष शुभप्रद हुनेछ भने भगवान श्री गणेशजीको सेवा आराधना गर्नु हितकर हुनेछ ।

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन अनुकूल गोचरको प्रभावले केही महत्त्वकांक्षा बढ्नसक्ने छ । तथापि दिनलाई अनुकूल नै मान्न सकिन्छ । हैसियत अुनसारको काममा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट आर्थिक लाभ गर्न सकिनेछ । केही महत्त्वपूर्ण काम सिद्धि हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रहको फल भोगिरहेका तथा संघर्ष–अप्ठ्यारोको सामना गरिरहेकाहरुलाई क्षणिक रुपमा भएपनि समस्या टर्नेछ । राजनीति–समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । भोलि यहाँले एक अङ्क, रातोरङ्गको प्रयोग र मान्यजनको दर्शनभेट गर्नु फापकर हुनेछ ।

धनु राशिः

धनु राशि हुनेहरुको लागि भोलिको दिन पाएको आश्वासन काम नलाग्न वा पूरा हुन कठिन छ । महत्त्वपूर्ण उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तनमनन् भने सृजना हुनसक्ने छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कामकार्य आदिबाट लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क स्थापित हुनजाँदा केही महत्त्वाकांक्षा पनि बढ्नसक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ । विवाह प्रस्तावले प्रसय पाउने छ । भोलि यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोगको साथमा भगवान भैरवदेवको दर्शनभक्ति गर्नु फापसिद्ध हुनेछ ।

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन स्वास्थ्यमा प्रतिकूलता आउन सक्ने र काममा पनि अल्लि दिग्दारी हुने सम्भावना देखिएको छ । आज दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । कामको शुरुमा ढिलाई हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । धैर्यपूर्वक स्वकर्ममा लगनशीलतालाई कायम राख्नु बुद्धिमानी हुनेछ । सामान्यतया साविकको भन्दा अल्लि बढी खर्चको भार बढेर जाने देखिएको छ । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । इष्टदेवको भक्ति बढाउनु बुद्धिमानी हुनेछ ।

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन प्राप्त अवसरलाई सदुपयोग गरी अघि बढेमा अनुकूल रहेको छ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायबाट पनि उपयुक्त एवं उन्नति मिल्नेछ । देशप्रदेशको भ्रमणको अभिलाषीहरुलाई पनि दिन सकारात्मक रहेको छ । नातासम्बन्ध एवं आफन्तजनबाट अपेक्षित सहयोग प्राप्त हुने र सन्तुष्टि मिल्ने छ । भोलि तपाईले अर्धनारेश्वर भगवानको दर्शनभक्ति गर्नु सुखप्रद हुनेछ ।

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन अनुकूल गोचर पेरको छ । स्वास्थ्यमा आरोग्यता र कान्तिबृद्धि हुनेछ । प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ भने खेलाडीहरुको लागि विशेष दिन रहनेछ । श्रीलक्ष्मीले साथ दिने गोचर परेकोले व्यापार व्यवसायबाट उचितमाात्रामा लाभ हुनगई मानसिक एवं शारीरिक सुखसन्तुष्टि मिल्ने छ । कार्यमा देखिएको ब्याबधान हट्नाले अगाडिको ढोका खुल्नेछ भने शत्रुलाई परास्त गर्नसकिने छ । कसैकसैलाई प्रेमप्रद दिनचर्याले मनको एकाग्रता टोड्नसक्ने छ । तीर्थादि भ्रमणको यात्रायोजना बन्नसक्ने छ । भोलि यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र श्री गणेश भगवानको दर्शन उपाशना गर्नु शुभकर हुनेछ

आरएम खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah