काठमाडौं– संसदमा शिशुलाई दूध चुसाएको र देशकै कार्यकारी प्रमुख भएर पनि प्रसुति बिदा लिएका समाचार हामीले यसअघि नै सुनेका थियौं। प्रसङ्गहरु थिए विकसित देशका उच्च राजनीतिक ओहोदाका महिलाका कुरा। तर तल्लो तहका कर्मचारीका विषय सँधै छायाँमा हुन्छन्।

पूर्वी एसियाली देशमा त्यो पनि तल्लो स्तरका कर्मचारीका पीडा राज्यले खासै वास्ता गर्दैन। त्यसमा पनि महिलाका कुरा त वडो कठिनपूर्वक सतहमा आउँछन्। दिनहुँ कार्यालयको काममा व्यस्त हुनुपर्ने कर्मचारीका लागि कतिपय विषय कम चुनौतीपूर्ण हुँदैनन् तर पनि सजिलै बहन गरिदिन्छन्। एक जना आमाका लागि अरु दर्जनौं काम भए पनि शिशुको स्याहार कतिसम्मको कर्तव्य हुन्छ भन्ने प्रमाण बनेकी छन् आमा प्रहरी अर्थात् अर्चना जयन्त यादव। अहिले सामाजिक सञ्जालमा उनी भाइरल बनेकी छन्।

हवल्दार अर्चना
भारतको उत्तरी क्षेत्र झाँसीस्थित कोतवालीकी अर्चना प्रहरीसेवाकी हवल्दार हुन्। विगत ६ महिना पहिले मात्र उनले छोरीलाई जन्म दिएकी थिइन्।

भारत सरकारले उपलब्ध गराएको प्रसुति बिदा शिशु हुर्कनका लागि काफी छैन। बच्चा छोडेर हिड्न मिल्दैन। तर कार्यालय जानै पर्ने बाध्यता हुन्छ। हुन त उनले बिदा लिएर थप केही समय कार्यालय नजान पनि सक्थिन् तर उनको मनले त्यो पनि मानेन।

घर पायक पर्ने गरी सरुवा नमागेकी पनि होइन् उनले। त्यो पनि मिलेन। उनले सोचिन् जे भए पनि सेवाग्राहीको काममा पनि असर पार्नु हुँदैन। शिशु स्याहारमा कमी गर्ने त कुरै आएन। यी दुवै काम एकैपटक आफैंले गर्नु कम चुनौतीपूर्ण थिएन उनलाई। तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनले पनि उपाय निकालिन् र आफ्नी छोरीलाई लिएरै कार्यालय जान थालिन्।

भारतीय प्रहरीलाई उनको साहसको कथाले सोच्न बाध्य बनायो।

 

कसरी भाइरल भइन् अर्चना?
सानो कोठा। कोठाका संरचना पनि फराकिलो छैन। कार्यालयको कामका लागि व्यवस्था गरिएर्को याकवाला सानोटेबल। हो यही हो अर्चनाको काम गर्ने थलो। उनको कार्यस्थलको त्यो सानो टेबलले अहिले खातापाता थाम्ने र थन्क्याउने मात्र काम गर्दैन। अतिरिक्त जिम्मेवारी पनि पाएको छ। खाताका साथै ६ महिने बालिका थन्क्याउने जिम्मेवारी पनि सोही टेबलको हो। यति मात्र हैन, ती बालिकाको सिंगो शयनकक्ष फगत् त्यही टेबल हो। परेका बेला पुरानो काम त छँदैछ। उसलाई यो गहन जिम्मेवारी सुम्पने सहासी महिला प्रहरी हुन् अर्चना अर्थात् आमा प्रहरी वा ‘सुपर मम’। जे भने पनि उनै हुन्।

उपरखुट्टी लगाएर खुट्टामा अड्याएको कार्यालयको खाता। एक हातले खाता नसमाते अड्याउनै मिल्दैन। अर्को हातमा कलम। आँखाको पूर्णदृष्टि खातामा लगाउनुपर्ने भएपनि बच्चालाई पनि नजर नदिइरहन सक्दिनन् उनी। आफ्नो काम गर्ने टेबलमा बच्चा राख्ने अनि काखमा चाँहि कागजात अड्याएर कार्यालयका सेवाग्राहीको काम गर्ने। यो अब उनको दैनिकी थियो। उनले सोचिन् यसरी नै सेवा प्रवाह गर्ने, गरिरहने।

उनलाई यो काम त्यति ठूलो जस्तो लागेन। धेरै सकसपूर्ण भएजस्तो पनि लागेन। कार्यालयको पहिलो दिन सहजै बित्यो। सहकर्मी र अग्रजका बधाईले उनलाई खुशी तुल्यायो। बच्चासँगै काम गर्न खासै गाह्रो महसुस गरिनन्।

दास्रो दिन कार्यालय पुग्नु अगावै उनी भाइरल भइसकेकी थिइन्। टेबलमा सुताएर बच्चा हेर्दै कार्यालयको काम गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्यालयमा काम गर्दै गरेको फोटो सेवाग्राहीले नै खिचेर ट्विटरमा अपलोड गरिदिएका थिए।

प्रशंसा सबैको
सामाजिक संजालमा उनको प्रशंसाको बाढी नै आएको छ। प्रहरीका सहकर्मीको प्रशंसा त झन् कति हो कति। सहकर्मी मात्र हैन उच्च अधिकारीले समेत उनको प्रशंसा गरेको छ। प्रशंसासँगै जिम्मेवारी र सहानुभुतिका शब्द पनि उतिकै छन्। मिडिया र सोसल मिडिया उनको पछि लागेको छ। परिचितदेखि अपरिचितसम्म सबैले उनको कामको प्रशंसा गरेका छन्।

भारतीय पत्रिका जागरणले ’थाने में अठखेलियां कर रही छोटी’ शीर्षकमा समाचार प्रकाशन गरेको गरेको छ। ’अपराधीले भरिने पुलिस थानामा एक सानी परी पनि देख्न सकिनेछ। ’परी कभी सोती हें, तो कभी रोती हें,’ पत्रिका लेख्छ, ’प्रहरी उपमहानिरीक्षक सुभाष सिंहले जब यो कुरा थाहा पाए, उनलाई पुरस्कार दिने वाचा गरे।’

उत्तर प्रदेशका वरिष्ठ प्रहरी अधिकारी राहुल श्रीवास्तवले अर्चनाको फोटो ट्विट गर्दै भनेका छन्, ’मातृत्व र प्रहरी विभागको दुवै जिम्मेवारी सँगसँगै लगेकी झाँसीस्थित कोतवालीमा कार्यरत अर्चना अर्थात् आमा प्रहरीसँग मैले भेट गरें। उनलाई सलाम छ।’ श्रीवास्तवको यो पोस्टमा हजारौंपटक लाइक भएको छ। रिट्विट र कमेन्ट पनि आइरहेको छ।

ट्वीटेका सुझाव– स्याहार केन्द्र बनाऊ
धेरैजसो ट्वीटर प्रयोकर्ताले कार्यालयमा शिशु स्याहार केन्द्र बनाउन सुझाव दिएका छन्। अमित किरण सिंह लेख्छन्, यो समय सहासी आमालाई सलाम गर्ने मात्र हैन। शिशु स्याहार केन्द्र निर्माण गर्ने पनि हो। यसले विभागलाई धेरै सहयोग गर्नेछ।ह्युमन राइट एक्टिभिस्टको नाममा अकाउन्ट बनाएकाअर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन् ’शिशुलाई स्याहार केन्द्रमा नै राखिनु उपयुक्त हो। आशा गरौं सरकारले यो व्यवस्था गर्नेछ।’

अनि भयो सरुवा
केही समय पहिले नै अर्चनाले घर पायक पर्ने गरी सरुवा मागेकी थिइन्। तर प्रहरी अधिकारीहरु उनको कुरामा संवेदनशील नबन्दा सरुवा पाउन सकिनन्। तर अब भने उनको घर पायक सरुवा हुने भएको छ। अर्चना सर्वोत्कृष्ट नारी भएको उल्लेख गर्दै उत्तर प्रदेशका प्रहरी महानिर्देशक ओमप्रकाश सिंहले भनेका रहेछन् ’अर्चनासँग भर्खरै कुराकानी भएको छ। उनलाई घर पायक पर्ने गरी आग्रामा सरुवा गर्नका लागि निर्देशन दिइसकेको छु। झाँसीको यो सानो घटनाले प्रत्येक प्रहरी स्टेसनमा शिशु स्हाहार केन्द्र खोल्न प्रेरित गरेको छ। यस विषयमा सोच्ने बेला आएको छ।’

के छ अर्चनाको प्रतिक्रिया?
एक भारतीय सञ्चार माध्यममा प्रतिक्रिया दिदै उनले प्रहरी विभागमा शिशु स्याहार केन्द्र आवश्यक भएको बताएकीछिन्। स्याहार केन्द्र नहुँदा धेरैलाई समस्या छ। एक अर्को प्रसंगमा कुरा गर्दै उनले कुनै पनि कुरा सोचेर कार्यालायमा शिशु नलगेको बताएकी छिन्। ’त्यो मेरो दैनिकी हो।मेरो जिम्मेवारी हो’ उनले भनिन्।

उनले प्रशंसकलाई धन्यवाद दिने अवसरको पनि उपयोग गरिन्। ’मेरो बारेमा भएका प्रशंसा र पुरस्कार सबैको ठूलो महत्व छ, चाहे त्यो सानो होस् वा ठूलो’। अन्तमा उनले भनिन् ’हिम्मत नहार्नुहोस्। सबैले आफ्ना नानी र कामलाई माया गर्छन्। यी दुवैलाई माया गर्न सके बाँकी सबै कुरा मिल्दै जान्छन्।’

हालै जन्मिएकी अर्चनाकी कान्छी छोरी हुन्। उनकी ठूली छोरी हजुरबुबा हजुरआमासँग कानपुरमा बस्दै आएकी छिन्। घरमा कोही पनि नभएकाले कार्यालयमा नै सानी छोरी ल्याउनु परेको अर्चनाले बताइन्।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah