कुमार चौलागाई

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले साेमबार लिगको नयाँ तालिका सार्वजनिक गरेको छ। एन्फाले चाडपर्वका कारण स्थगित गरेको लिग मङ्सिर १ गते शुरु गर्ने निर्णय गरेको लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए। गएको असोज १३ गते शुरु भएको लिग बङ्गबन्धु गोल्डकप, दशैँ, तिहार र छठका कारण स्थगित गरिएको थियो। लिगको पहिलो चरणका खेल सम्पन्न भइसकेका छन्।

पहिलो चरणको खेल सकिँदासम्म मनाङ मस्र्याङदी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन/तीन अङ्क जोडेका छन्। त्रिभुनव आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मछिन्द्र, न्युरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक/एक अङ्क जोडेका छन्। त्यसैगरी जावलाखेल, सरस्वति, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले हार बेहोर्दै अङ्कविहीन छन्।

मङ्सिर १ गतेदेखि शुरु हुने लिगको दोस्रो चरणको पहिलो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । मङसिर ३ गते जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ। सोही दिन सरस्वति क्लब र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ। तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि शुरु हुनेछ।

लिगमा १४ वटा ’ए’ डिभिजन क्लबहरू क्रमशः थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन्।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन्। लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन्। लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छ। प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन्।

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए। ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah