काठमाडौं — अमेरिकामा एक समलिंगी जोडीले पालैपालो आफ्नो गर्भमा बच्चा हुर्काएर त्यसलाई जन्माएका छन् । दुई महिलाको गर्भमा पालिएको सम्भवतः यो विश्वकै पहिलो शिशु हुनुपर्छ ।
शिशु जन्माउनका लागि यो जोडीले आईभीएफ ट्रीटमेन्टको सहायता लिएको थियो ।
द डेली मेलमा छापिएको समाचारअनुसार, टेक्ससमा बस्ने एश्ले र ब्लिस कोल्टरले शिशु जन्माउनका लागि ८५ सय डलर खर्च गरे । शिशु जन्माउनका लागि अण्डा ब्लिसबाट लिइयो र प्रयोगशालामा डोनरको वीर्य लिएर सेचन गरियो ।
अनि त्यो भ्रूण ब्लिसको गर्भमा हालियो । तर ब्लिस शिशुलाई गर्भमा राख्न चाहँदिनथिइन् । त्यसैले भ्रूण निकालेर एश्लेको गर्भमा राखियो । अनि यही वर्षको जुन महिनामा एश्लेले स्वस्थ शिशुलाई जन्म दिइन् ।
एश्ले र ब्लिसको भेटघाट ६ वर्षअघि भएको थियो र उनले जुन २०१५ मा बिहे गरेका थिए । दुवै आमा बन्न चाहन्थे तर लेस्बियन भएकाले गर्भवती हुन सकेनन् । त्यसैले उनीहरूले आईभीएफको सहारा लिए ।
एजेन्सी



