नेपालले क्रिकेटको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमा नै सम्मानजनक उल्लेखनिय उपलब्धी हासिल गरिरहेको बेला अस्ट्रेलियाको मेलबर्नमा पनि क्रिकेट खेलप्रति खेलाडिहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले दुई हजार डलरको बिमएमडब्लू कपको शुरुवात गरिएको छ र सेप्टेम्बर ९ बाट शुरु गरी करिब दुई महिना लगाइएको दुई हजार डलर राशीको बिएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबले हात पारेको छ । फाईनल प्रतिस्पर्धामा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै उपाधिमाथि सगरमाथाले कब्जा जमाएको हो । रोयल राईनोजलाई १ सय २८ रनको चुनौती दिएको सगरमाथा क्लबलाई पछ्याउँदै रोयल राईनोजले २० ओभरमा मात्र १ सय २४ रन बनाउन सफल भएको थियो ।

प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बिजयी खेलाडिहरुलाई पुरस्कार बितरण गर्दै मन्तब्य राख्ने क्रममा खेलको माध्यमबाट समुदायलाई एकताबद्ध गर्नुका साथै आफ्नै स्वास्थ्यको लागि समेत लाभदायक हुने भएकोले यसतर्फ सबैलाई प्रोत्साहित गरिनुपर्ने धारणा राखेका थिए ।

अतिथिको रुपमा आयोजक कमिटीको तर्फबाट बिएमडब्लू मेलबर्नका निर्देशक विष्णु सापकोटाले क्रिकेट खेललाई पेशा बनाउँदै यहाँको प्रतिष्ठित प्रतियोगिताहरुमा समेत नेपाली खेलाडी पुग्न सकुन् भन्ने शुभकामना दिए ।

प्रतियोगितामा मात्र १६ रन खर्चेर ४ विकेट लिन सफल रोयल राईनोज क्रिकेट क्लबका पुकार भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको वेष्ट व्याट्सम्यान एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन सुनम गौतम बन्न सफल भए भने बेष्ट बलर सुनोद श्रेष्ठ, बेष्ट फिल्डर निरज श्रेष्ठ, बेष्ट विकेटकिपर आशिष जिसी, म्यान अफ द सिरिज चाँद श्रेष्ठ, क्याच अफ द टुर्नामेन्ट नारेकिंग्सका शिशिर घोषित भए ।

रोयल राईनोज क्रिकेट क्लब आयोजक रहेको यो प्रतियोगिताको प्रायोजन बिएमडव्लु एजुकेसन एण्ड भिसा सर्भिसेजले गरेको थियो र भिक्टोरियन नेप्लिज क्रिकेट एशोशियसनको सहयोगमा भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले व्यबस्थापन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah