एजेन्सी । हेलिकोप्टर दुर्घटनामा आफ्ना हाकिम सँगै ज्यान गुमाएकी मिस युनिभर्स थाइल्याण्ड ब्युटी क्वीनले मर्नु भन्दा एक दिन अगाडि खिचेका फोटोहरू सार्वजनिक भएका छन्।
उनले लिसेस्टर सिटीका प्रमुखसहित अन्य साथीहरूसँग फोटो खिचेकी थिइन्। नुरसारा सुखनामै थाइल्याण्डमा सन् २००५ मा भएको मिस वल्र्ड प्रतियोगितामा मिस इन्टरकन्टिनेन्टल थाइल्याण्ड छनोट भएकी थिइन्।

उनी सामाजिक सञ्जालमा समेत सक्रिया थिइन् । उनी दिनदिनै सामाजिक सञ्जाल स्न्याप च्याटमा समेत अपडेट गर्थिन् । मर्नु भन्दा एक दिन अगाडि उनले लण्डन स्थित टप ग्रिक रेस्टुरेन्ट स्टेयटुरियो मिलोस्मा साथीहरूसँगै रहेको तस्विर सामाजिक सञ्जालमा राखेकि थिइन्।

गत शनिवार लिसेस्टर सिटीका प्रमुख सहित पाँच जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । हेलिकोप्टर लिसेस्टर सिटीको स्टेडियम बाहिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा लिसेस्टर सिटीका प्रमुख ६० वर्षीय भिचाई श्रीवद्धनप्रभा, उनका दुई कर्मचारी, एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको क्लबले पुष्टि गरेको छ ।

यो हेलिकोप्टर अन्तिम पटक किङ पावर स्टेडियम माथि देखिएको थियो । जमिनमा खसेपछि हेलिकोप्टरमा आगो लागेको थियो ।भिचाई श्रीवद्धनप्रभा थाइल्याण्डका अर्बपति नागरिक हुन् । उनले सन् २०१० मा ३९ मिलियन पाउन्डमा लिसेस्टर सिटी क्लब किनेका थिए ।




