खासै चल्न नसकेकी नायिका शिल्पा पोखरेललाई छविराज ओझाले निर्माता बनाउने भनेर समाचार भाइरल बनाइ रहेका छन् ।
छविराज प्रोडक्सनका केही फिल्मबाट नाम कमाए पनि खासै चल्न नसकेकी शिल्पालाई रेखा थापाका पूर्वपति छविराज ओझाले हिट नायिका बनाउन ठूलै कसरत गरिरहेका छन् । अहिलेसम्म हिम्मत हारेका छैनन् ।
शिल्पासँग विवाह गर्ने भनेर छविराजले हल्ला फिजाएको आरोप फिल्म बजारमा छ । शिल्पाको परिवार ‘युवती चाहर्दै’ हिँड्ने वृद्ध निर्माता छविराज ओझासँग खासै खुसी छैन । शिल्पालाई उनको परिवारले छविराजसँग विवाह नगर्न दबाब दिँदै आएको स्रोतको भनाइ छ ।
हुन त राजधानी प्रवेश गर्नु अघि नै शिल्पाले गृह जिल्ला मोरङतिर कै एक युवकसँग विवाह गरेर डिभोर्स गरेर फिल्ममा लागेको आरोप पनि छ ।
तर छविराजलाई छाड्नेवित्तिकै शिल्पाको फिल्मी करियर नै समाप्त हुने डरले मौन बसेको छ । यसको फाइदा छविले लिइरहेको आरोप छ । शिल्पा छविकै व्यानरमा बनेका फिल्ममा धेरै खेल्दै आएकी छिन् ।
पत्नीका रुपमा भित्र्याउन नसकेका छविराजले आफ्नो प्रोडक्सन शिल्पालाई अब निर्मात्री बनाउने खुलासा गरेका छन् । स्रोतका अनुसार छविराजले अब ‘हिफाजत २’ नामक फिल्ममा शिल्पालाई निर्मात्री बनाउन लागेका हुन् ।
छविराज ओझाले सार्वजनिक रुपमै शिल्पालाई विवाहको प्रस्ताव राखिसकेका छन् । उनको प्रस्तावालई शिल्पाले पनि परिवारको स्विकृति भए बिहे गर्ने कुटनीतिक जवाफ दिएर वृद्ध छविलाई चकित तुल्याइ सकेकी छिन् । शिल्पाको रुपमा लठ्ठिएका छविको त्यो इच्छा पूरा नभए पनि निर्मात्री बनाउने इच्छा पूरा हुने देखिएको छ ।
शिल्पाले पनि अब आफू फिल्म खेल्दा प्रतिशतका आधारमा पारिश्रमिक लिने भनेर निकटकाहरूलाई बताउन थालेकी छिन् । फिल्म चले शिल्पा र निर्मातालाई फाइदा हुनेछ । अन्यथा निर्माता शिल्पाका कारण डुब्ने पक्का छ ।



