पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनले धनगढीसामु एक सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो ।
पोखराका लागि ओपनर कुशल भुड्तेल ३ रनमा र आसिफ शेख २३ रन बनाइ आउट भए । यस्तै इन्दर सिंहले २८ रन, कप्तान शरद भेषवाकरले १४ रन , विनोद भण्डारीले ७ रन , रोहित पौडेलले ३१ रनको योगदान गरे । धनगढीका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । रोविन क्षेत्री, पिटर टेग्रो समान र ड्यान लरेन्सले समान १ र १ विकेट लिए ।
आजको खेलमा हार व्यहोरेमा पोखरा सेमिफाइनलका लागि अरु टोलिबीचको खेल नतिजामा निर्भर रहनेछ । जारी प्रतियोगितामा ३ खेलमा ४ अंक बटुल्दै पोखरा दोस्रो स्थानमा छ भने ४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा रहेको छ ।



