जय गुरु देव !! नारायण !! जय माँ दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक १७ गते,शनिबार, इश्वी सन् २०१८ नोभेम्बर ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– एकादशी, २६:४७ बजेउप्रान्त द्वादशी,नक्षत्र– पूर्वफाल्गुनी, २३:१५ बजेउप्रान्त उत्तरफाल्गुनी,योग– ब्रह्म, ७:३३ बजेदेखि ऐन्द्र, २८:३९ बजेउप्रान्त वैधृति,करण– वव, १५:५० बजेदेखि वालव, २६:४७ बजेउप्रान्त कौलव, आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– सिंह, २८:५६ बजेउप्रान्त कन्या,सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २७ घडी ३१ पला। वर्त/पर्व-स्मार्त्तहरूको रमा एकादशी व्रत,२६:४३ बजे त्रिपुष्कर योग प्रारम्भ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पढाइलेखाइमा समय दिन सकिंदैन,आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ, कामले धेरैको मन लोभ्याउन सकिनेछ, घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ,आजको शुभ अंक ५ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ,वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ , आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ ,साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ,दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ,राती सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जे गरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ, हतारको निर्णयले काम बिग्रन सक्छ, गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ, सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ, प्रेमी/प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ,घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ ,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला, तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन्, आजको शुभ अंक ८ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ,लगनशीलता र परिश्रमको अभावमा बन्दव्यापारमा मन्दी छाउने छ, परोपकारी र सामाजिक काममा समय प्रदान गर्नु पर्नेछ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पठन–पाठनमा प्रगति हुनेछ,कीर्तिमानी काम गर्ने समय छ,पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ,विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ, कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ, खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ,धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ,आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ,झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ ,आजको शुभ अंक ११ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

दिब्यजोयोतिश बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय