झापा, ६ असोज । स्थानीय निकाय कर्मचारी संघ झापाले शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्याको बिरोधमा आज झापाका सबै स्थानीय निकाय बन्द गरेको छ । शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा हिजो बिहान शव फेला परेको थियो । संघले बिरोध गर्दै जिल्ला बिकास समिति झापा, आठ नगरपालिका र गाबिस कार्यालय बन्द गरेको छ ।

दोसीलाई कारवाहीको माग गर्दै स्थानीय निकाय बन्द गरेका हुन् । सडक किनारमा रिजालको शव भेटिएको थियो । निधारमा र खुट्टाको औँलामा निलो डाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याँकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुरुङ्गास्थित त्रिवेणी होटलमा मंगलवार राति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँगै मादकपदार्थ सेवन गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि उनको नाम भने खुलाउन चाहेको छैन । नियन्त्रणमा लिएका व्यक्ति शरणामतिकै भएको र उनलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah