एजेन्सी। अमेरिकामा बस्ने एक जोडीलाई क्रिसमसको ठिक अघिल्लो दिन थाहा हुन्छ कि उनकी ४ वर्षकी छोरीलाई प्राणघातक ब्रेन ट्युमर भएको छ । त्यसपछि चिन्तित पिताले डाक्टरसँग सोधे कि के आफ्नी छोरीलाई विवाह गरेर विदाइ गर्ने उनको सपना कहिल्यै पूरा हुन सक्छ ? डाक्टरले उनीसँग आफ्नो तर्फबाट पूरा कोसिस गर्ने वचन दिन्छन् । भाग्यवश केही समयको उपचारपछि बालिका ठिक हुन्छिन् । त्यसपछि डाक्टरले पितालाई भन्छन् कि अब उनी छोरीको विदाइका बेला छोरीसँगै रहन सक्नेछन् । तर, पिताले विदाइका बेला आफू छोरीसँग रहन अस्वीकार गर्छन् र यस्तो कुरा भन्छन् कि डाक्टर भावुक हुन्छन् ।
अमेरिकाको ओरल्याण्डो शहरका मार्क विलियम र उनकी पत्नी मिशेल विलियमले २००९ मा २४ डिसेम्बरका दिन उनीहरुकी छोरी क्लोलाई ब्रेन ट्युमर भएको थाहा पाएका थिए । उनको उपचार यहाँको अरनाल्ड पाल्मर अस्पतालमा डा. एलेक्स लेवी टिमले गरिरहेका थिए । क्लोको ट्युमर हटाउनको लागि डाक्टरको टिमले तीन सर्जरी गरे । तर, हरेक पल्ट ट्युमर पुनः पलायो । यति हुँदा पनि डाक्टरको टिमले हार मानेनन् र उपचार जारी राखे ।
छिटै सर्जरीको आवश्यकता नपर्ने भयो । त्यसपछि करिब डेढ वर्षसम्म किमोथेरापी दिएर क्लोको उपचार गरियो । किमोथेरापीको राउण्ड सकिएको करिब ६ महिनापछि क्लो पूर्णतया ठिक भइन् । क्लो ठिक भएपछि डाक्टरले उनका पितालाई यो खबर दिएर भने कि अब उनी उनकी छोरीको विवाहमा उनीसँगै रहन र उनको विदाइ गर्न सक्छन् । डा. लेवीले अब उनको छोरीलाई विदाइ गर्ने सपना पूरा हुने बताए ।
त्यसपछि क्लोका पिता मार्कले डाक्टरसँग जे भने त्यो सुनेर डाक्टर निकै भावुक भए । डाक्टरले भने ‘क्लोका पिता मार्कले मलाई भने कि उनी चाहन्छन् उनकी छोरीको विवाहका बेला म (डाक्टर) उनकी छोरीको साथमा रहुँ ।’ भावुक हुँदै डाक्टरले अगाडि भने ‘त्यसपछि म शायर रिटायर हुन्छु किनकि मलाई लाग्दैन कि मेरो लागि योभन्दा धेरै सम्मान वा आत्मसन्तुष्टि मिल्ने कुरा अरु कुनै हुन सक्छ ।’ क्लोको यो विगतलाई डाक्टर एलेक्स लेवीले एक भिडियो बनाएर सामाजिक संजालमा शेयर गरेका छन् जसलाई अहिलेसम्म एक करोडले हेरिसकेका छन् । हेर्नुहोस् भिडियो –
https://youtu.be/6Sm9knfdIbo



