काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाईको मैदान छोडेर नभाग्ने बताएका छन् ।
चपलीमा वीर बलभद्र कुँवरको शालिक अनावरण गर्दै ओलीले भने, ‘बलभद्रलाई नालापानीको किल्ला छाड्नु परेको थियो । मैले पनि अस्ती साउनमा चित्रबहादुरजीहरु समेत किल्ला छाडेको हो । तर, पञ्जाब सेनामा म जाने होइन, यहिँ लड्ने हो र, यहिँ ठेगान लगाउने हो यिनीहरुलाई ।’
आफूले अस्थायी रुपमा मात्रै किल्ला छाडेको भन्दै उनले अघि भने, ‘त्यो जमाना बेग्लै थियो । नेपालले हार व्यहोरेको थियो, त्यसकारण बलभद्रलाई युवा जोश र साम्राज्यवाद विरोधी भावना प्रकट गर्न पञ्जाब जानु परेको थियो । तर, आज त्यो भावना हामी यहिँ प्रकट गर्न सक्छौं ।’

पूर्व प्रधानमन्त्री ओलीले नेपालको भौगालिक अखण्डता ९१८६० को सीमाना०लाई अप्ठ्यारो पार्ने काम हुन नदिने बताए । उनले एकैपटक नसकेपछि अलि अलि गरेर कमजोर पार्दै लैजाने प्रयास भइरहेको दावी गरे ।

संविधान संशोधनलाई बेमौसमको बाजा भन्दै उनले भने, ‘मैले एउटा शीर्ष बैठकमा भनेको छु, यो देश भोट हालेर बनेको होइन । भोट हालेर बचेको होइन । भोट हालेर देश नै खत्तम गरेको देखेका छौं ।’ उनले अघि भने, ‘भोट केमा हाल्नुपर्छ, केमा हाल्नु पर्दैन हामीले बुझेका छौं ।’

‘हामीले मिर्जाफर पनि देखेका छौं, मिर्कासिम पनि देखेका छौं र, हामीले नेपालका मिर्जाफर र मिर्कासिमका सन्तानहरु पनि देखेका छौं,’ ओलीले भने, ‘हामीसँग हाम्रा पूर्खाका वीरतापूर्ण इतिहास र अनुभव पनि छ । यो देश यताउता हुन सक्दैन ।’

जातजाति भनेर भिडाउने कोशिस असफल भएपछि भौगोलिक आधारमा कटुता रोप्न खोजेको भन्दै ओलीले यसलाई पनि समाप्त पार्ने बताए ।

एमाले अध्यक्ष ओलीले भने, ‘उपप्रधानमन्त्री तहमा पुर्‍याइएका व्यक्तिले एमालेले भ्रम छर्‍यो भनेको सुनेँ । भ्रम फिजायो होइन, भ्रम फिजाउन दिएन एमालेले ।’ उनले भारतप्रति संकेत गर्दै नेपालमा नाच्ने सपना नदेख्न सुझाव दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah