काठमाडौं । भारतको उत्तर प्रदेशमा एक झोलाछाप चिकित्सकले १६ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् । उत्तर प्रदेशको शाजहांपुर जिल्ला अल्लागंज थानामा सो घटना भएको हो । शाहजहांपुर पुलिसका अनुसार यो घटना ७ नम्बरको भएको बताइएको छ ।
प्रहरीका अनुसार किशोरीलाई घरबाट बोलाएर ती डाक्टरले आफ्नो निजी अस्पतालमा रातभर बन्धक बनाएर बलात्कार गरेका हुन् । उक्त घटना आज प्रहरी कहाँ निवेदन परेपछि बाहिरिएको हो । घटनाको दोस्रो दिन डाक्टर पीडित किशोरीलाई जिल्लाको बघार पुलमा छोडेर फरार भएका छन् । पीडितकी आमाका अनुसार ७ नम्बरका डाक्टरले किशोरीलाई ललाईफकाई आफ्नो घरमा लगेका थिए । एक्लै घरमा रहेकी किशोरीलाई आफ्नो अस्पतालमा लगेर रातभर बलात्कार गरेको उनकी आमाको भनाइ छ ।
प्रहरीका अनुसार झोलाछाप डाक्टर विनोद कुशवाहका नाममा पीडितले मुद्धा दर्ता गराएका हुन् । कुशवाह विरुद्ध अपहरण र बन्धक बनाएको आरोपमा मुद्धा दर्ता गराइएको छ । पीडित किशोरलिाई जाँचका लागि सरकारी अस्पताल भर्ना गराइएको छ । फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरी टोली तैनाथ गरिएको छ ।
अनुवादकः खेम बम
जनता समाचार बाट



