काठमाडौ । अमेरिकाको एक वैज्ञानिक कार्ल पिटरसन सिमिटले सर्पको प्रजातिबारे रहेको शकां हटाउनको लागी आफ्नै मृत्युको कहानी लेखेर मरेका छन् ।
अमेरिकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एउटा ७६ सेन्टिमिटर लामो अचम्मको सर्प भेटपछि त्यसको जातिबारे थाहा पाउनका लागि त्यसलाई शिकागो नेचुरल हिस्ट्रि म्युजियम ल्याइएको थियो ।

त्यसपछि उनले शरिरमा बहुरंगी आकृति भएको र टाउकोमा बूमस्ल्यांग भएको सर्पको प्रजाति पत्ता लगाउन खोजे । त्यसपछि उनले थाहा पाए कि त्यो सर्प अफ्रिकी देशमा पाइने एक प्रकारको सर्प हो भनेर तर पनि उनले आफुलाइ पनि विश्वास गरेनन् । त्यसपछि उनले आफ्नो शकां हटाउनका लागी सर्पलाई नजिकै ल्याएर हेर्न थाले । त्यसपछि मलाई यो सर्प बूमस्ल्यांग हुनुमा शंका छ किनभने यो सर्पको एनल प्लेट बाँडिएको थिएन, भनेर उनले आफ्नो जर्नलमा समेत लेखेका छन् । त्यसैक्रममा उनलाइ सर्पले हातको औलामा टोक्यो । त्यसपछि पनि उनी अस्पताल जानुको साटो आफ्नो औंलालाई चुसेर सर्पको विष बाहिर निकाल्ने कोसिस सुरु गरि नै रहे ।

त्यसपछि उनले त्यही सर्पको टोकाइको घटनाक्रमलाई र उनको पिडालाई लेख्न सुरु गरे र लेखे पुरै घटना । तर अन्त्यमा खादा खादै तथा हिडने क्रममा उनको शरिरको विभिन्न ठाउबाट रगत बहन थाल्यो । र उनले यसरी नै लगभग २४ घण्टा नै त्यो पिडादायक क्षण बिताए । तर अन्त्यत उनले आफ्नो श्रीमतीलाई फोन गरेर बोलाए । तर उनको श्रीमती आइपुग्दा उनी बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई अस्पताल लगियो । त्यस समयसम्म उनको शरिरमा पुरै पसिना नै पसिना रहेको थियो । त्यसपछि अस्पतालमा उनको उपचारको क्रममै डाक्टरले सिमिटलाई मृत घोषित गरे । डाक्टरका अनुसार सास फेर्न समस्या भएका कारण सिमिटको मृत्यु भएको थियो ।
एक अनुसन्धानमा अफ्रिकी सर्प बूमस्ल्यांगको विष निकै तीब्र रुपमा असर गर्ने भएकाले कुनै पंक्षीको ज्यान लिनका लागि यसको ०.०००६ मिलिग्राम विष पर्याप्त रहेको जनाइएको छ । उक्त विषको प्रभावले शरिरमा रगत जम्न सुरु हुन्छ फलस्वरुप रक्तसंचारमा बाधा पुुग्छ । त्यसपछि शरिरको विभिन्न अंगबाट रगत निस्कन सुरु हुन्छ र त्यसपछि पीडितको मृत्यु हुने जनइएको छ ।
त्यसै घटनाको क्रममा केही मानिसहरु सिमिटको जिज्ञासाले नै उनको ज्यान लिएको बताएका छन् । त्यसैगरी केही मानिसहरु मान्छन् कि सिमिट यति प्रतिष्ठित वैज्ञानिक थिए कि उक्त विषको असर कम गर्ने औषधी अफ्रिकामा मात्र उपलब्ध भएको उनलाई थाहा थियो त्यसकारण उनले आफ्नो मृत्युलाई स्विकार गरेका थिए भन्ने जनाए । त्यसैगरी पब्लिक रेडियो इन्टरनेशनलका साइन्स फ्राइडे प्रोग्रामलाई प्रस्तुत गर्ने टम केमनामारा भनिन् ‘सिमिट आफ्नो मृत्यु नजिक देख्दा अलिकति पनि डराएनन् । यसको साटो उनी अन्जान बाटोमा अघि बढेको बताइन् ।



